PahiloPost

Oct 18, 2018 | १ कात्तिक २०७५


आइएसको नाममा इजिप्टको चर्चमा विस्फोट गराउने १७ जनालाई मृत्युदण्ड, विश्वमा आज


आइएसको नाममा इजिप्टको चर्चमा विस्फोट गराउने १७ जनालाई मृत्युदण्ड, विश्वमा आज

मृत्युदण्डको सजाय

इजिप्टको एउटा सैनिक अदालतले १७ जनालाई बम आक्रमणमा दोषी ठहर गर्दै मृत्यु दण्डको फैसला सुनाएको छ। 

सन् २०१६ डिसेम्बर ११ मा काएरोको सेन्ट पिटर र सेन्ट पाउल चर्चमा भएको आत्मघाती हमलामा परी २९ जनाको मृत्यु भएको थियो। यस्तै काएरोमा सन् २०१७ र २०१६ मा गराइएको छुट्टाछुट्टै विस्फोटनका घटनामा परी ७४ जनाको मृत्यु भएको थियो। 

इस्लामिक स्टेट (आइएस) लडाकूका नाममा गराइएको विस्फोटनको घटनामा दोषी पाइएका अरु १९ जनालाई आजीवन काराबासको सजाय तोकिएको छ भने १० जनालाई १० देखि १५ बर्षसम्मको जेल सजाय सुनाइएको छ। 

त्यसैगरी पाल्म सण्डे मनाउन भेला भएकाहरुलाई आक्रमण गर्दा तान्टा र एलेक्सान्ड्रीयामा ४५ जना मारिएका थिए। इजिप्टमा क्रिश्चियन धर्माबलम्वीहरुले प्रार्थना गर्ने चर्चहरुमा बेला बेलामा आइएस लडाकूहरुले आक्रमहरु गर्ने गरेका छन्। 

आठ बालबालिकाको मृत्यु

पाकिस्तानमा एउटा घर भत्किँदा आठ बालबालिकाको मृत्यु भएको छ। पाकिस्तानको सिन्ध प्रान्त अन्तर्गत पर्ने सुख्खुरमा घर भत्केर नजिकै चौरमा खेलिरहेका स्थानीय आठ बालबालिकाको मृत्यु भएको पाकिस्तानी अधिकारीहरुले जनाएका छन्। घटनामा परी अन्य चार बालबालिका घाइते भएको जनाइएको छ । 


काश्मिरमा गोली हानाहान

भारत नियन्त्रित काश्मिरमा सुरक्षा अधिकारी र आतंककारीबीच भएको दोहोरो गोली हानाहानमा परी दुई व्यक्तिको मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ। मारिएकाको पहिचान अझै नखुलेको भए पनि उनीहरु हतियारधारी आतंककारीहरु नै रहेको बताइएको छ। भारत नियन्त्रित शहर श्रीनगरबाट ८० किलोमिटर उत्तरपश्चिममा रहेको कुपवारा जिल्लाको हान्दवारा गाउँमा सो दोहोरो झडप भएको थियो। 

इन्डोनेसियामा फेरि भूकम्प

इन्डोनेसियाको तटीय क्षेत्रमा पर्ने जाभा र बाली द्वीपमा बिहीबार गएको ६.० म्याग्नीच्युडको भूकम्पमा परी तीन व्यक्तिको मृत्यु भएको छ। त्यस भूकम्पबाट पूर्वी जाभाको सुमेनेप जिल्लाका आवासीय भवनहरु भत्किएका र त्यसबाट तीन व्यक्तिको मृत्यु भएको राष्ट्रिय प्रकोप नियन्त्रण निकायका अधिकारीहरुले बताएका छन्। इन्डोनेसियाको पालु शहरमा गत सेप्टेम्बर २८ मा ७.५ म्याग्नीच्युडको शक्तिशाली भूकम्प र त्यसपछिको सुनामीको कारण २ हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो।

पुवा न्यु गिनीमा पनि भूकम्प

पपुवा न्यु गिनीमा ७.१ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको छ। सो भूकम्पपछि फेरि ६.२ म्याग्नीच्युडको अर्का शक्तिशाली परकम्प पनि गएको बताइएको छ। पपुवा न्यु गिनीको पूर्वतर्फ रहको न्यु ब्रिटेन द्वीपनजिकै ८० किलोमिटर गहिराइमा सो भूकम्पको केन्द्रबिन्दु रहेको जनाइएको छ । 

तस्विर: AP/AFP/US GEOLOGICAL SURVEY/BBC/ DAWN/IBTIMES



आइएसको नाममा इजिप्टको चर्चमा विस्फोट गराउने १७ जनालाई मृत्युदण्ड, विश्वमा आज को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट