PahiloPost

Dec 17, 2018 | २ पुष २०७५


मोरङमा छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु


पहिलोपोस्ट

मोरङमा छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु

उर्लाबारीः मोरङका दुई छुट्टाछुट्टै स्थानमा गएराति भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।

बेलवारी नगरपालिका–४स्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ। पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ५ ख १९२० नम्बरको ट्रकले बिपरीत दिशाबाट जाँदै गरेको को १२ प ९६८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक बेलवारी– ११ का ४० वर्षीय मनकुमार राई र पछाडि सवार सोही ठाउँका ४५ वर्षीय वर्णकुमार राईको मृत्यु भएको हो।

ट्रकको ठक्करबाट गम्भीर घाइते दुई जनाको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, मोरङका प्रमुख प्रहरी निरीक्षक शिवकुमार पोखरेलले जानकारी दिए। ठक्कर दिने ट्रक र त्यसका चालकलाई इलाका प्रहरी कार्यालय बेलवारीले नियन्त्रणमा लिएको छ।

यस्तै जिल्लाकै कानेपोखरी गाउँपालिका–७ स्थित पूर्व–पश्चिम राजमार्गमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। ना ५ ख २१४१ नम्बरको बसले बाटो काट्ने क्रममा ठक्कर दिँदा घाइते भएका कानेपोखरी गाउँपालिका–७ का ५० वर्षीय विष्णु भेटवालको न्यूरो अस्पताल विराटनगरमा उपचारका क्रममा गए राति मृत्यु भएको हो। रासस



मोरङमा छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट