PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

प्रदीपले बनाउने भए ‘जात्रै जात्रा’

प्रदीपले बनाउने भए ‘जात्रै जात्रा’

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं:  फिल्म ‘जात्रै जात्रा’ बन्ने घोषणा गरिएको छ। ‘जात्रा’ निर्देशक प्रदीप भट्टराईको निर्देशनमा फिल्म बन्ने भएको हो।

फिल्ममा विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, बर्षा राउत, प्रकाश घिमिरे, सोहित मानन्धर, अन्जु महर्जन, सुस्मिता कार्की, प्रेम पाण्डे, कालु राना, प्रियंका झा, कविन्द्र त्रिपाठीको अभिनय रहनेछ। ३५ दिनको सुटिङ सेड्यूल लिएर निर्माण टिम दशैं पूर्णिमाको भोलिपल्टबाट छायाँकनमा जानेछ। असन र बौद्धमा फिल्मको छायाँकन गरिनेछ।

फागुन १७ गतेदेखि फिल्म प्रदर्शन गर्ने टिमको टार्गेट छ। सिंगे लामा र यादव पौडेलको निर्माणमा बन्ने फिल्ममा शिवराम श्रेष्ठको  छायाँकन, मित्र डी गुरुङको सम्पादन रहनेछ।

फिल्मबारे निर्देशक भट्टराईले भने ‘यो फिल्मले पैसाको मात्र कथा भन्दैन। यसपटक दर्शकले झनै विशेष सरप्राइज फिल्ममा पाउनुहुनेछ। जात्रा सकिएको ठाउँबाट नै जात्रै जात्राको कथा उठ्नेछ’।



ट्रेन्डिङ पोस्ट

Ncell