PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

कर्णाली प्रदेश नेकपा संसदीय दलको नेतामा मुख्यमन्त्री शाही 



पी बी खड्का

कर्णाली प्रदेश नेकपा संसदीय दलको नेतामा मुख्यमन्त्री शाही 

सुर्खेत: नेकपाको एकताले रिक्त रहेको कर्णाली प्रदेशसभाको संसदीय दलको नेतामा मुख्यमन्त्री महेन्द्रबहादुर शाही हुने पक्कापक्की भएको छ। कर्णाली प्रदेश नेकपाका ईन्चार्ज जनार्दन शर्माले पार्टी एकतामा दुई पार्टीविच भएको समझदारीमा नै संसदीय दलको नेता चयन हुने दावी गर्दै मुख्यमन्त्री शाही हुने बताए। 

‘पार्टी एकताले संसदीय दलको नेतामा चयनमा ढिलाई भएको छ,’ उनले भने,‘विगतमा पार्टी एकताको समयमा भएको समझदारी अनुसार नै हुन्छ। जुन चार र दुई मुख्यमन्त्रीको भद्र सहमति भएको सबैलाई थाहा नै छ। सोही अनुसार संसदीय दलको नेतामा मुख्यमन्त्री नै हो।’ 

अझै पनि संसदीय दलको नेता को हुने भन्ने विवाद नेकपामा नरहेको बताए। कर्णाली प्रदेशसभा सदस्यहरुले संसदीय दलको नेता चयन गर्न आग्रह गरेको भन्दै अब पार्टीको स्थायी कमिटिको बैठकले निर्णय गर्ने बताए।
 
‘पार्टीभित्र संसदीय दलको नेता को हुने भन्ने विवाद केही पनि छैन,’ उनले भने,‘कात्तिक ४ गते बस्ने नेकपाको स्थायी कमिटि बैठकले मुख्यमन्त्री शाहीलाई संसदीय दलको नेता चयन गर्ने निर्णय गर्ने छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell