PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

पूर्वी भारतमा 'साइक्लोन टिट्ली' का कारण ८ जनाको मृत्यु



 पूर्वी भारतमा 'साइक्लोन टिट्ली' का कारण ८ जनाको मृत्यु
फोटो: REUTERS

दिल्ली: भारतको पूर्वी क्षेत्रमा आएको शक्तिशाली आँधीका कारण ८ जनाको मृत्यु भएको छ। 'साइक्लोन टिट्ली' नाम दिइएको सो आँधीका कारण सयौं घरमा क्षति भएको बताइएको छ। 

१५० किलो मिटर प्रति घण्टाको रफ्तारले आएको 'टिट्ली' ले ओरिस्सा र आन्ध्रप्रदेशमा व्यापक क्षति गरेको अधिकारीहरुले बताएका छन्। ओरिस्सामा मात्रै तीन लाख मानिसहरुलार्इ सुरक्षित स्थानमा सारिएको बीबीसीले जनाएको छ। 

आँधीका कारण प्राय सबै क्षेत्रमा बिजुली,संचार र खानेपानी सेवाहरु अवरुद्ध भएको जनाइएको छ। आन्ध्रप्रदेशमा ६ हजार देखि ७ हजार बिजुलीका पोलहरु ढलेको बताइएको छ। सडक, हवार्इ र रेल मार्ग समेत बन्द भएका छन्। प्रभावित क्षेत्रका बासिन्दाहरुलार्इ अस्थायी रुपमा १ हजार १ सय स्थानमा राखिएको छ।

आँधीको वेग कम हुँदै गए पनि खतराको सम्भावना अझै रहेकोले प्रभावित क्षेत्रमा रहेका सबैलार्इ सावधानी अपनाउन आग्रह गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell