PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

दशैंमा पनि 'लभ स्टेशन'को छायाँकन



पहिलोपोस्ट

दशैंमा पनि 'लभ स्टेशन'को छायाँकन

काठमाडौं: दशैं लागिसक्यो। तर, दशैंको माहोलमा पनि अभिनेता प्रदीप खड्का र जसिता गुरुङ फिल्मको छायाँकनमा नै व्यस्त छन्। प्रदीप र जसिताको अभिनय रहने फिल्म ‘लभ स्टेशन’को आधा छायाँकन सकिएको छ।

फिल्मको छायाँकन ११ असोजबाट दार्जिलिङदेखि सुरु भएको निर्माता गोबिन्द शाहीले तिहारअघि नै टिम काठमाडौं फर्कने बताए। उनले भने ‘हामीले दुई ओटा गीत सहित ५० प्रतिसत छायाँकन सकेका छौं। तोकिएको समय ३५ दिनमै छायाँकन सकेर हामी तिहार अघि नै काठमाडौं फर्कन्छौं।

फिल्ममा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोललगायतको अभिनय रहनेछ।

फिल्मलाई उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन्। काफिया फिल्मसको ब्यानरमा फिल्म बन्नेछ। फिल्मको छायाँकन दार्जिलिङ र कालिङपोङपछि सिक्किम, फिक्कल लगायतका स्थानमा गरिने छ। फिल्ममा आलोक शुक्लाको छायाँकन, शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत रहनेछ।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell