PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

युगाण्डामा पहिरो:३६ को मृत्यु, विश्वमा आज



युगाण्डामा पहिरो:३६ को मृत्यु, विश्वमा आज

युगाण्डामा पहिरो

युगाण्डाको पूर्वी क्षेत्रमा गएको पहिरोमा परी ३६ जनाको मृत्यु भएको छ। ढुंगासहितको पहिरोले घरहरु बगाउँदा उनीहरुको मृत्यु भएको प्रकोप व्यवस्थापन अधिकारीहरुले बताएका छन्। उद्दारकर्मीहरुले पहिरोमा परेर अरू कति जना हराइरहेका छन् भन्ने बारेमा यकिन नभएको बताएका छन्। बेपत्ता भएकाको खोजी तथा उद्दार कार्यका लागि आवश्यक सम्पू्र्ण प्रयास भइरहेको अधिकारीहरुले बताएका छन्। 

कहाँ छन् जमाल खशोगी?

टर्कीमा हराएका आफ्नो देशका पत्रकारको खोजी गर्न साउदी अरबको टोली टर्की पुगेको छ। राजधानी स्तानबुलबाट गत हप्ता हराएका पत्रकार जमाल खशोगीको खोजीका लागि थप पहल गर्न साउदी अरबको टोली टर्की आइपुगेको हो। साउदीको टोलीले टर्कीको एउटा टोलीसँग मिलेर संयुक्त रुपमा अनुसन्धान गर्ने योजना बनाएको छ। टर्कीका सञ्चारमाध्यमले साउदी पत्रकार खशोगीलाई बेपत्ता पारिएको घटनासँग सम्बन्धित प्रमाण भन्दै सीसीटीभी दृश्य सार्वजनिक गरेका थिए। टर्कीका अधिकारीहरूले ५९ वर्षीय खशोगीको हत्या भएको बताएका छन् भने साउदी अरबले त्यसको खण्डन गरेको छ। 

नदीमा डुंगा डुब्दा


लोकतान्त्रीक गणतन्त्र कंगोको उत्तरपश्चिमी क्षेत्रमा भएको डुंगा दुर्घटनामा परी ४० भन्दा बढीको मृत्यु भएको छ। उबाङ्गी नदीमा डुंगा डुबेर मृत्यु भएकामध्ये १८ जना मध्य अफ्रिकाका रहेका छन्। अरू पनि धेरै जना बेपत्ता भएको हुनसक्ने र मृत्यु हुनेको संख्या बढ्न सक्ने अनुमान गरेका छन्। 

अदालतमा अपिल

दक्षिण कोरियाका पूर्वराष्ट्रपति ली म्योङ बाकले आफूलाई सुनाइएको जेल सजायको कारवाहीविरुद्ध अदालतसमक्ष अपिल गरेका छन्। उनलाई भ्रष्टाचारको आरोपमा गत हप्ता मात्र एक अदालतले १५ वर्षको जेल सजाय सुनाएको थियो। अदालतको त्यस फैसलाविरुद्ध पूर्वराष्ट्रपति बाकले अपिल गरेका हुन्। उनलाई एउटा घुसकाण्डमा दोषी ठहर गरी अदालतले १५ वर्षको जेल सजाय सुनाएको हो। 

चिनियाँ नृत्य

चीनको युआन प्रान्तमा कलाकारहरु 'डी राइट अफ स्प्रिङ'नामक नृत्य प्रदर्शन गर्दै।
 तस्विर: SPUTNIK/ XINHUA/AP/AFP/BBC/CGTN
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell