PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

तीन करोड फेसबुक प्रयोगकर्ताका विवरण ह्याकरको पहुँचमा



 तीन करोड फेसबुक प्रयोगकर्ताका विवरण ह्याकरको पहुँचमा
फोटो: THE INDIAN EXPRESS

सानफ्रान्सिस्को: विश्वकै चर्चित सामाजिक सञ्जाल फेसबुकले आफ्ना करिब २ करोड ९० लाख प्रयोगकर्ताको व्यक्तिगत विवरण ह्याकरको पहुँचमा रहेको जनाएको छ। 

फेसबुकले यसअघि साइबर आक्रमणका कारण ५ करोड प्रयोगकर्ताका एकाउन्टमा प्रभाव परेको जनाएको थियो। ‘अहिले हामीले के थाहा पाएका छौं भने सोचिएभन्दा केही कम व्यक्तिलाई असर परेको छ,’ फेसबुकका उपाध्यक्ष गाए रोसेनले बताए। 

पहिचान अझै नखुलेका ह्याकरले करिब एक करोड ५० लाख फेसबुक प्रयोगकर्ताको नाम, फोन नम्बर र इमेल ठेगाना चोरेको उनले जानकारी दिए। अरु एक करोड ४० लाख प्रयोगकर्ताका विवरण पनि जोखिममा रहेको जनाइएको छ। 

फेसबुकले साइबर आक्रमणकारीले प्रयोगकर्ताका अरु विवरणहरु जस्तै लिङ्ग, धर्म, गृहनगर, जन्ममिति र स्थान तथा हालै भ्रमण गरेका ठाउँ पनि सङ्कलन गरेको जनाएको छ। 

यस आक्रमणबाट फेसबुकले सञ्चालन गरेका मेसेन्जर, मेसेन्जर किड्ज, इन्स्टाग्राम, ह्वाट्सएप, ओक्युलस, वर्कप्लेस, पेजेज, पेमेन्टमा असर नगरेको कम्पनीले बताएको छ। 

क्यालिफोर्नियास्थित फेसबुक कम्पनीले यस घटनाका सम्बन्धमा अमेरिकी संघीय जाँच ब्यूरो (एफबीआई), अमेरिकी संघीय व्यापार आयोग, आइरिस डाटा प्रोटेक्सन कमिसन तथा अरु निकायसँग छलफल थालेको छ। रासस/एएफपी
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell