PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

सुमात्रामा अविरल वर्षापछि आएको बाढी पहिरोमा परी २२ जनाको मृत्यु



सुमात्रामा अविरल वर्षापछि आएको बाढी पहिरोमा परी २२ जनाको मृत्यु
फोटो: AFP

सुमात्रा : इन्डोनेसियाको सुमात्रा टापुको पश्चिमी क्षेत्रमा अत्याधिक वर्षाका कारण धेरै मानवीय र भौतिक क्षति भएको छ। 

गत बुधवारदेखि परेको अविरल वर्षाका कारण इन्डोनेसियाका धेरै क्षेत्रहरुमा बाढी पहिरो गएको छ। त्यसमा परी २२ जनाको मृत्यु भएको छ भने थुप्रै मानिस बेपत्ता रहेको अधिकारीहरुले जनाएका छन्।  सयौं घरहरुमा क्षति पुगेको र बेपत्ताहरुको खोजी कार्य भइरहेको बताइएको छ।  

एक इस्लामिक विद्यालयमा पढिरहेका २० विद्यार्थीलार्इ बाढीले बगाएकोमा ११ जनाको शव फेला परेको अधिकारीहरुले बताएका छन्। बाँकी विद्यार्थीहरुको खोजी कार्य जारी रहेको बताइएको छ।   

सुमात्रा टापुको उत्तरी क्षेत्रमा मात्र वर्षाका कारण तीन दिन यता १७ जनाको मृत्यु भइसकेको छ। इन्डोनेसियाको सुमात्रा टापुमा बाढी पहिरो गइरहने क्षेत्रमा पर्छ। प्रभावितहरुलार्इ सुरक्षित स्थानमा सारिएको छ भने अझै धेरै मानिसहरु जोखिम क्षेत्रमा रहेको जनाइएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell