PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

च्याम्पियनको उपाधिसहित नेपाली क्रिकेट टोली स्वदेश फिर्ता, सन्दीप फर्किएनन्

च्याम्पियनको उपाधिसहित नेपाली क्रिकेट टोली स्वदेश फिर्ता, सन्दीप फर्किएनन्


काठमाडौँ : आइसीसी विश्वकप ट्वान्टी २० एसिया रिजनल क्वालिफायर अन्तर्गत समूह च्याम्पियन बनेर नेपाली टोली आज दिउँसो स्वदेश फर्किएको छ। 

प्रतियोगितामा सबैभन्दा बढी विकेट लिएका सन्दीप लामिछाने भने अर्को प्रतियोगिता खेल्न क्वालालम्पुरबाटै उतै लागेका छन्। 

नेपालले खेलेका छ खेलमा पाँचमा विजय हात पारेको थियो भने सिंगापुरसितको अन्तिम खेल वर्षाले अवरुद्ध भएपछि रद्द भएको थियो। रनरेटका आधारमा नेपाल समूह च्याम्पियन भएको हो। 

नेपालले म्यान्मार र मलेसियालाई आठ विकेटले, थाइल्यान्डलाई १४० रनले, भुटानलाई ११७ रनले र चीनलाई मात्र ११ बलमा १० विकेटले पराजित गरेको थियो।  


ट्रेन्डिङ पोस्ट

Ncell