PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

तेस्रो नेपाल्स नेक्स्ट सुपर मोडल बनिन् स्वस्तिका प्रधान



पहिलोपोस्ट

तेस्रो नेपाल्स नेक्स्ट सुपर मोडल बनिन् स्वस्तिका प्रधान

काठमाडौं: 'नेपाल्स नेक्स्ट सुपर मोडल २०१८' को फिनाले भएको छ। प्रतियोगिताको तेस्रो संस्करणमा भक्तपुरकी स्वस्तिका प्रधान विजेता घोषित भइन्।

१७ प्रतियोगीलाई पछि पार्दै स्वस्तिकाले उपाधि सहित २५ हजार रुपैयाँ, थाईल्याण्ड भ्रमण सहित विभिन्न अवसर प्राप्त गरेकी छिन्। उनले फोटो जेनिक मोडल र बेस्ट क्याटवाकको उपाधि पनि हाँसिल गरिन्। 

आर एन्ड आर गु्रपद्धारा आयोजित सो प्रतियोगितामा सरु श्रेष्ठ फस्ट रनर्सअप घोषित भइन्। उनले बेस्ट पर्सनालिटी मोडलको उपाधि पनि प्राप्त गरिन्।

त्यस्तै अर्की प्रतियोगी रिहाना बैद्य पपुलर मोडल सहित सेकेन्ड रनर्सअप घोषित भईन्। प्रतियोगितामा अन्य उपाधि तर्फ बेस्ट स्किन मनिका पौडेल, बेस्ट हेयर जेसिका बिष्ट, बेस्ट बडी अदिति कार्की, स्टालिस्ट मोडल स्मृति शाही, भिवर्स च्वाईस मोडल सञ्जिना खत्री घोषित भए ।

रोजिन शाक्यको कोरियोग्राफी तथा सञ्चालनमा सम्पन्न सो प्रतियोगिताको निर्णायकमा फोटोग्राफर राजभाई सुवाल, पत्रकार डब्बु क्षत्री, फिट्नेस इन्स्ट्रक्टर उज्ज्वलकृष्ण श्रेष्ठ, पूजा वैद्य र व्युटिसियन सुलोचना श्रेष्ठ थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell