PahiloPost

Nov 21, 2018 | ५ मंसिर २०७५


नेपाल आइडलका प्रतिस्पर्धीले गाए दशैं तिहार गीत


पहिलोपोस्ट

नेपाल आइडलका प्रतिस्पर्धीले गाए दशैं तिहार गीत

काठमाडौं: सांगीतिक रियालिटी सो ‘नेपाल आइडल’ दोश्रो संस्करणका प्रतिस्पर्धीहरुले दशैं तिहार विशेष गीत गाएका छन्। उत्कृष्ट २० मा पुगेका प्रतिस्पर्धीहरुले ‘दशैं तिहार’ बोलको गीतको भिडियो सार्वजनिक गरेका छन्।

आशिष प्रसाईको निर्देशनमा तयार पारिएको म्युजिक भिडियोमा कलाकारहरु विश्वास उप्रेती, रवि शर्मा, करण जोशी, संजय सोब र सविन सुवेदीको संयुक्त आवाज रहेको छ। गीतको शब्द विक्की महतले लेखका हुन्।

गीतमा सिद्धार्थ भट्टको संगीत रहेको छ। राजेश घिमिरेले खिचेको भिडियोलाई सुशील न्यौपानेले सम्पादन गरेका हुन्। 



नेपाल आइडलका प्रतिस्पर्धीले गाए दशैं तिहार गीत को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट