PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

६ वर्षदेखि अर्धचेत अवस्थामा रहेका कांग्रेस नेता चक्र बास्तोलाको निधन



पहिलोपोस्ट

६ वर्षदेखि अर्धचेत अवस्थामा रहेका कांग्रेस नेता चक्र बास्तोलाको निधन

काठमाडौँ : छ वर्षदेखि अर्धचेत अवस्थामा रहेका नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री चक्रप्रसाद बास्तोलाको शनिबार राति निधन भएको घोषणा परिवारजनले आधिकारिक रुपमा गरेको छ। 

ललितपुरको खुमलटारस्थित आफ्नै निवासमा आज राति ९ः२० बजे नेता बास्तोलाको निधन भएको उनका निजी सचिव राधाकृष्ण काफ्लेले जानकारी दिए। 

२०६९ पुस १४ मा मोरङ विराटचोकमा आयोजित एक कार्यक्रममा सम्बोधनका क्रममा उनी मस्तिष्कघातका कारण लडेका थिए। त्यसयता उनी अर्धचेत अवस्थामा थिए। 

पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका बास्तोला भारतका लागि नेपाली राजदूतसमेत भएका थिए।

यसअघि बास्तोलाको मृत्युको समाचार आएपछि त्यसको खण्डन भएको थियो। उनलाई आज बिहान बाँसवारी अस्पतालमा इमरजेन्सीमा भर्ना गरिएको थियो। अस्पताल प्रशासनका अनुसार उनलाई चिन्ताजनक अवस्थामा अस्पताल ल्याइएको थियो। इमर्जेन्सीमा भर्ना गरेकाे र १ घण्टामा पनि अवस्था नसुध्रिएपछि उनलाई घर फर्काइएकाे थियो। अस्पतालले बिरामीलाई अन्य अस्पताल रिफर पनि नगरेको र  त्यही अस्पतालमा पनि राखेको थिएन।  चिकित्सकहरुले नै मेडिकल्ली नो मोर भनेर फर्काएको बास्तोलाकी भान्जी सरिता प्रसाइँले बताएकी थिइन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell