PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

भारतमा नरेन्द्र मोदीलार्इ 'भगवान विष्णुको ११ औं अवतार'को संज्ञा, विश्वमा आज



भारतमा नरेन्द्र मोदीलार्इ 'भगवान विष्णुको ११ औं अवतार'को संज्ञा, विश्वमा आज

मोदी भक्त

महाराष्ट्रको भारतीय जनता पार्टी (बिजेपी)ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलार्इ भगवान विष्णुको ११ औं अवतारको रुपमा चित्रण गरेको छ।

महाराष्ट्रको बिजेपी विभागका प्रवक्ता अबधूत वाघले ट्वीटरमा संस्कृत श्लोक ‘यदा यदा ही धर्मस्य’ लेख्दै नरेन्द्र मोदीलार्इ विष्णुको ११ औं अवतार रहेको बताएका हुन्। 

‘भारत माता’लार्इ एक देवीका रुपमा प्रस्तुत गर्दै उनले मोदीले प्रधानसेवकका रुपमा भारत माताको सेवा गरिरहेको बताएका छन्। भगवान जस्ता मोदी नेताका रुपमा पाउनु भारतको सौभाग्य रहेको उनले बताएका छन्। विपक्षी दल कांग्रेसले भने वाघको भनाइले भगवानहरु कै बेइज्जत भएको  बताएको छ।

यता, राष्ट्रवादी कांग्रेसका नेता जितेन्द्र आव्हाडले वाघले इन्जिनियरिङमा स्नातक गरेकोमा शंका लागेको भन्दै उनको सर्टिफिकेट सक्कली हो कि होइन भनी अनुसन्धान गर्नुपर्ने बताएका छन्। 

ग्रीसमा कार दुर्घटना

उत्तरी ग्रीसमा कार र ट्रक जुधेर भएको दुर्घटनामा कारमा सवार ११ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले कारमा आप्रवासीहरु रहेको आशंका गरेको छ। प्रहरीले घटनाका बारे अनुसन्धान गरिरहेको जनाएको छ।

तालिबान - अमेरिकी दूत भेट

तालिबानहरुले अफगानिस्तानमा जारी हिंसाको अन्त्यका लागि आवश्यक शान्ति वार्ता गर्न अमेरिकी दूतलाई भेटेको खुलेको छ। उनीहरुका प्रतिनिधिले औपचारिक रुपमा कतारमा अमेरिकी दूतसँग भेटवार्ता गरेको सो संगठनले एक विज्ञप्ति जारी गर्दै पुष्टि गरेको हो। गएको जुन महिनामा तालिबानहरुले अफगानिस्तानको सरकारसमक्ष युद्धविराम गरेका थिए । उनीहरुको युद्धविरामपछि अमेरिकी सरकारले पनि युद्धविरामको घोषणा गरेको थियो । 

भारतमा सडक दुर्घटना


पश्चिम भारतीय राज्य राजस्थानमा भएको एक सडक दुर्घटनामा परी पाँच शिक्षिका र तीन बालबालिकाको मृत्यु भएको छ।  बस र ट्रक एक आपसमा ठोक्किदा भएको दुर्घटनामा परी एक विद्यालयका स-साना तीन विद्यार्थी र पाँच महिला शिक्षिकाको मृत्यु भएको एक प्रहरी अधिकारीले जनाएका छन्। विद्यार्थी र शिक्षिकाहरु विद्यालयबाट लगिएको वनभोज कार्यक्रममा सहभागी हुनको लागि गइरहेका थिए। 

दुर्गा पुजाको रौनक

भारतको कोलकतामा दुर्गा पुजाका लागि देवी दुर्गाको मूर्तिलार्इ पंडाल तर्फ लगिदै। 

 तस्विर: WHAM/ AP/AFP/CNN/TELEGRAPH



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell