PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

बास्तोलाको आज अन्त्येष्टि गरिँदै, १ः३० बजेदेखि शव श्रदाञ्जलीका लागि पार्टी कार्यालय राखिने



पहिलोपोस्ट

बास्तोलाको आज अन्त्येष्टि गरिँदै, १ः३० बजेदेखि शव श्रदाञ्जलीका लागि पार्टी कार्यालय राखिने

काठमाडौँः शनिबार निधन भएका कांग्रेस नेता चक्र बास्तोलाको आज अन्तिम संस्कार गरिँदैछ। छ वर्षदेखि अर्धचेत अवस्थामा रहेका नेता बास्तोलाको शनिबार राति निधन भएको थियो।

नेपाली कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बास्तोलाको पार्थिव शरीरलाई अपरान्ह १ः३० देखि ४ः०० बजेसम्म श्रद्धाञ्जलीका लागि पार्टीको केन्द्रीय कार्यालय सानेपामा राखिनेछ।

श्रदाञ्जली कार्यक्रमपछि पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने कार्यक्रम रहेको पौडेलले बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell