PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

सिकागोमा ट्रम्प विरुद्ध हजारौं मानिस सडकमा ओर्लिए



सिकागोमा ट्रम्प विरुद्ध हजारौं मानिस सडकमा ओर्लिए
फोटो :USA TODAY

सिकागोः अमेरिकाको सिकागोमा राष्ट्रपति डोनाल्ड ट्रम्पको विपक्षमा हजारौं मानिसले प्रदर्शन गरेका छन्। 

आउँदो नोभेम्बरमा हुने सिनेटको मध्यावधि निर्वाचनको पूर्वसन्ध्यामा डेमोक्रयाट पार्टीका समर्थकहरुले ट्रम्पको विपक्षमा प्रदर्शन गरेका हुन्।

उनीहरुले 'निलोलाई मतदान' लेखेका ठूला ब्यानर पनि फहराएका थिए। यस्तै ट्रम्पलार्इ बच्चाका रुपमा प्रस्तुत गर्दै बेलुन समेत उडाइएको थियो।

प्रदर्शनकारीहरुले ट्रम्पलाई 'महिला विरोधी एजेण्डा' बोकेको राष्ट्रपतिका रुपमा चित्रित गर्दै मतदातालाई आफ्नो पक्षमा सहयोग गर्न सन्देश प्रवाह गरेका थिए। 

निर्वाचन लक्षित र्‍याली डाउनटाउन पार्कबाट सुरु भएको थियो। र्‍यालीमा सहभागीहरुलाई डेमेक्राट्सका तर्फबाट हिलारी क्लिन्टनले भिडियो मार्फत् सम्बोधन गर्दै आफ्ना उम्मेदवारको पक्षमा मतदान गर्न आग्रह गरेकी थिइन्। 

ट्रम्प प्रशासनलाई उत्तरदायी र जिम्मेवार बनाउन आफ्नो पक्षलाई जिताउनु पर्ने उनको भनाई थियो। रासस/एएफपी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell