PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

ट्राफिकले दियो टिपरलाई दशैँ छुट,  हिजोदेखि बिहान र दिउँसो पनि चलाउन पाइने



पहिलोपोस्ट

ट्राफिकले दियो टिपरलाई दशैँ छुट,  हिजोदेखि बिहान र दिउँसो पनि चलाउन पाइने

काठमाडौँ : महानगरीय ट्राफिक प्रहरी महाशाखाले टिपरलाई दशैँ छुट दिएको छ। शनिबारदेखि १० दिन बिहान र दिउँसो काठमाडौँका सडकमा टिपर कुद्न  पाउने छन्। 

यो छुट हिजो असोज २७ गते शनिबारदेखि कात्तिक ५ गतेसम्मका लागि हुने महाशाखाका एसपी राजकुमार लम्सालले जानकारी दिए। 

एसपी लम्सालले भने, 'केही समयको लागि निश्चित अफिस टाइमभन्दा बाहेकको समयमा चलाउन मिल्ने व्यवस्था गरिएको छ। ५ गतेपछि भने पुरानै व्यवस्था लागू हुनेछ।'

बिहान ९ बजेदेखि साढे ११ बजेसम्म र दिउँसो ३ बजेदेखि साँझ ७ बजेको समयबाहेक अन्य समयमा टिपर चलाउन खुला गरिएको हो। 

टिपरको कारण दुर्घटना बढेपछि गृह मन्त्रालयको निर्देशनमा गत साउन १ गतेदेखि राति ८ बजेदेखि बिहान ५ बजेसम्ममात्र टिपर चलाउन पाउने व्यवस्था गरिएको थियो। 

बिहान र दिउँसोको समयमा टिपर चलाउन पाउने भए पनि प्रतिघण्टा ३५ किलोमिटर भन्दा बढीको गतिमा नचलाउन महाशाखाले अनुरोध गर्दै सूचना जारी गरेको छ। तर टिपरको गति कसरी नापिन्छ र चलाएमा कस्तो कारबाही हुने भन्ने बारे महाशाखाको सूचनामा केही उल्लेख छैन। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell