PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

बास्तोलाको निधनको शोकमा कांग्रेसले तीन दिन झण्डा झुकाउने



बास्तोलाको निधनको शोकमा कांग्रेसले तीन दिन झण्डा झुकाउने

काठमाडौं: नेपाली कांग्रेसले नेता चक्र बास्तोलाको निधनप्रति गहिरो दु:ख व्यक्त गर्दै तीन दिनसम्म झण्डा झुकाउने भएको छ। आज बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले उक्त निर्णय गरेको कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जनाए।

त्यसैगरी कांग्रेसले भोलि एक दिन केन्द्र तथा जिल्ला कार्यालय बन्द गर्ने भएको छ। केन्द्रीय समितिको बैठकपछि प्रवक्ता शर्माले ट्वीटरमा लेखेका छन्, 'नेता चक्र बांस्तोलाको शोकमा केन्द्र तथा सबै जिल्ला कार्यालय भोलि एकदिन बन्द गर्ने र झण्डा तिनदिन झुकाउने। शोक पुस्तिका १३ दिनसम्म राख्ने र तेह्रौं दिन श्रद्धाञ्जली सभा गर्ने र गृहजिल्ला झापाको माइ नदीमा भोलि २ बजे अस्तु प्रवाह गर्ने।'
 


कांग्रेस नेता बास्तोलाको हिजो राति आफ्नै निवासमा निधन भएको थियो। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell