PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

टीकाको दिन सेनाले उपत्यकामा नि:शुल्क बस चलाउँदै, यी ८ रुटमा चल्नेछन्



टीकाको दिन सेनाले उपत्यकामा नि:शुल्क बस चलाउँदै, यी ८ रुटमा चल्नेछन्

काठमाडौं: दशैंको टीकाको दिन नेपाली सेनाले बस सञ्चालन गर्ने भएको छ।
  
सेनाले कार्तिक २ गते नि:शुल्क बस सेवा गर्न लागेको जनायो। बिहान ७ बजेदेखि ११ बजेसम्म र दिउँसो ३ बजेदेखि बस सञ्चालन हुने भएको हो। सेनाले ८ वटा रुटहरुमा ३० सिट क्षमता भएको बस सञ्चालन गर्ने भएको छ।
 
त्यसैगरी दशैं घर बिदामा सेना र सेनाका परिवारलाई काठमाडौंबाट दोलखा, इटहरी, धनगढी, लमजुङ, रामेछाप, पोखरा, बुटवल, गोरखा, धादिङ-त्रिशुली, चौतारा, हेटौडा, नारायणगढ र सिराहा–राजविराज जाने तथा उपत्यका भित्र आउने गरी निःशुल्क बस सेवा सञ्चालन गरिरहेको छ। 

यी ८ रुटमा चल्नेछन्

१ भद्रकाली, माइतीघर, बानेश्वर, कोटेश्वर, एकान्तकुना, बल्खु, कीर्तिपुर, कलङ्की, कालिमाटी, त्रिपुरेश्वर, रत्नपार्क। 
२ भद्रकाली, जमल, लैनचौर, नारायणगोपाल चोक, बुढानिलकण्ठ, बालाजु चोक, सोह्रखुट्टे, कान्तिपथ, माइतीघर। 
३ भद्रकाली, माइतीघर, त्रिपुरेश्वर, कालिमाटी, कलङ्की, थानकोट, स्वयम्भु, छाउनी (अस्पताल), ताहाचल, टेकु, थापाथली। 
४ भद्रकाली, माइतीघर, बानेश्वर, तिनकुने, गौशाला, चाबहिल, जोरपाटी, नारायणगोपाल चोक, लाजिम्पाट, कान्तिपथ, भद्रकाली । 
५ भद्रकाली, थापाथली, कुपण्डोल, जावलाखेल, सातदोबाटो, चापागाउँ, सातदोबाटो, तिनकुने, बानेश्वर, शहिदगेट। 
६ भद्रकाली, दरबारमार्ग, कमलपोखरी, गौशाला, चाबहिल, बौद्ध, साँखु, चाबहिल, गौशाला, तिनकुने, भद्रकाली। 
७ भद्रकाली, माइतीघर, नयाँ बानेश्वर, पुरानो बानेश्वर, गौशाला, सिनामङ्गल, कोटेश्वर, सूर्यविनायक, ठिमी, कोटेश्वर, माइतीघर, भद्रकाली। 
८ भद्रकाली, माइतीघर, कोटेश्वर, सातदोबाटो, कलङ्की, बालाजु, चाबहिल, गौशाला, तिनकुने, भद्रकाली। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell