PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

अनिश थापा भए लिगलिगे राजा, मन्त्रीले लगाइदिए श्रीपेच



अनिश थापा भए लिगलिगे राजा, मन्त्रीले लगाइदिए श्रीपेच
फोटो: रवीन्द्र अधिकारीको ट्वीटरबाट

काठमाडौं: गोरखाको लिगलिग कोटमा सम्पन्न नवौँ लिगलिगे दौड प्रतियोगितामा अनिश थापा मगर पहिलो भएका छन्। उनलाई पर्यटनमन्त्री रवीन्द्र अधिकारीले श्रीपेच लगाइदिए।

द्रव्य शाह लिगलिगे दौडमा पहिलो भएर राजा भएकाले यही सम्झनामा लिगलिगे दौड शुरु गरिएको हो। यस्तो कार्यक्रमले गोर्खाको पर्यटन विकास र प्रवर्द्धनमा धेरै सहयोग पुग्ने मन्त्री अधिकारीले बताए।

भने, 'द्रब्य शाहबाट दौडेर राजा हुने संस्करणमा यस पटक विजयी पर्वत जिल्लाका अनिश थापा मगरले श्रीपेच पहिरन सफल हुनुभएको छ। बधाई उहाँलाई र दौडमा विजयी सबैलाई। दौडले पर्यटन विकास र प्रवर्द्धनमा गोर्खा र लिगलिगे कोटलाई धेरै सहयोग पुग्ने विश्वास छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell