PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

सत्तारुढ दल फोरमका नेताले दिए सरकारबाट बाहिरिने चेतावनी



सत्तारुढ दल फोरमका नेताले दिए सरकारबाट बाहिरिने चेतावनी

काठमाडौं: सत्तारुढ दल संघीय समाजवादी फोरम नेपालका नेता डा. शिवजी यादवले तिहारपछि सरकारबाट बाहिरिने चेतावनी दिएका छन्।
 
पार्टीको राजनीतिक समिति (पोलिटव्युरो) सदस्य यादवले आफ्नो पार्टी सरकारमा सहभागी हुँदा भएको दुई बुँदे सहमति कार्यन्वयन नभएको भन्दै तिहारपछि सरकारबाट बाहिरिने चेतावनी दिएका हुन्।

रिपोर्टस् क्लबमा यादवले भने,‘तिहारपछि पनि प्रधानमन्त्री संविधान संशोधनका लागि ठोस रूपमा अगाडि बढ्नु भएन भने हामी सरकारबाट बाहिरिन बाध्य हुने छौं।’

‘सरकारले आफूहरूको माग सम्बोधन गर्न सक्दैनौं भनेर भनिदिएको भए हामीले यति बेला सरकार छोडी सकेको हुन्थ्यौं। तर, समय बाँकी छ। संविधान संशोधनको लागि २ बुँदे सम्झौता गरेर हामी सरकारमा गएका छौं,’ यादवले भने,‘संविधान संशोधनको लागि सरकार जसरी होमवर्कमा जानुपर्दथ्यो, त्यसमा जान नसकेको कुरा सर्वविदितै छ।’

नेकपाको विवादका कारण प्रधानमन्त्री ओलीले काम गर्न नसकेको पनि यादवको आरोप थियो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell