PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

कैदीबन्दी भेट्न कारागारमा भिड : ग्रन्ज पाइन्टमा जानेलाई रोक



बीपी साह

कैदीबन्दी भेट्न कारागारमा भिड : ग्रन्ज पाइन्टमा जानेलाई रोक

काठमाडौं : सोमबार बिहानैदेखि ललितपुरको नख्खु कारागारको गेट अगाडि भेटघाट गर्नेहरुको भिड थियो। एकदेखि दुई घण्टासम्म लाइन बसेर सर्वसाधारणहरु भित्र प्रवेश गरिरहेका थिए।

दशैंको दिन कारागार बन्द रहने भएकोले सोमबार अन्तिम दिन आफ्न्तहरुले कारागारमा रहेका आफ्ना कैदी बन्दीहरुलाई भेट्दै गरेका हुन्। आइतबार साँझसम्म पनि कारागारको गेटमा भिड थियो। सोमबार त बिहानैदेखि भिड हुनु स्वभाविक भइहाल्यो।

ग्रन्ज पाइन्ट तथा शरीरको भित्री बस्त्र देखिने गरी लुगा लगाएका महिलाहरुलाई कारागार प्रवेशमा रोक लगाइएको छ। आइतबार विहान पनि करिब आधा दर्जन त्यस्ता युवती फिर्ता पठाइएको नख्खु कारागारको गेटमा खटिएका सुरक्षाकर्मीहरुले बताए।

यसअघि पनि त्यस्ता बस्त्र लगाएका महिलाहरुलाई फिर्ता पठाइएको उनीहरुले जनाए।

यस्तै काठमाडौंका डिल्ली बजार कारागारमा पनि भेटघाट गर्नेहरुको घुँइचो छ। फलफूल तथा खानेकुरा र नयाँ कपडा लिएर परिवारजनहरु कैदी बन्दीलाई भेट्दै छन्।

डिल्ली बजार कारागारका निमित्त प्रमुख सीता अधिकारीले भेटघाटका लागि आज अन्तिम दिन भएकाले भिडभाड भएको बताइन्।
अब आइतबारमात्र कारागार प्रशासन खुल्ने भएकाले जेलमा रहेका आफन्त भेट्न आउनेहरुको भिड रहेको बताउँदै अधिकारीले भनिन्, ‘टिकाको दिनमा सीमित समयका लागि परिवारका सदस्यहरुले भेट्न पाउने छन्।’

अन्य कैदी बन्दीलाई कारगारभित्रै टिका लगाउने व्यवस्था गरिएको बताउँदै परिवारजनले चाहेको खण्डमा पनि टिका लगाउन सक्ने जानकारी दिइन्।

ग्रन्ज पाइन्ट र अमर्यादित लुगाका कारण कैदी बन्दीमा नकारात्मक प्रभाव पर्ने भएकाले त्यस्ता लुगामा प्रवेश गर्न रोकिएको अधिकारीले बताइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell