PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

अपर तामाकोशीको एक अर्ब ५८ करोड रुपैयाँको आइपिओ कात्तिक १५ देखि



अपर तामाकोशीको एक अर्ब ५८ करोड रुपैयाँको आइपिओ कात्तिक १५ देखि

काठमाडौं : अपर तामाकोशीले कात्तिक १५ गतेदेखि सर्वसाधारणको लागि एक अर्ब ५८ करोड रुपैयाँको प्राथमिक शेयर निष्काशन गर्ने भएको छ। कम्पनीले छिटोमा कात्तिक १९ गते र पहिलो चरणमा बिक्री नभएमा ढिलोमा मंसिर १४ गतेसम्म बिक्री खुला गर्ने धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक नागरिक लगानी कोषले जानकारी दिएको छ। 

कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका लागि एक अर्ब ५ करोड रुपैयाँको प्राथमिक शेयर निष्काशन गरेको थियो। उक्त निष्काशनमा झण्डै २.८५ गुणाले बढि आवेदन परेको थियो। प्रभावित क्षेत्रका लागि निष्काशन गरेको शेयर दशैपछि बाँडफाँड हुने कोषले जनाएको छ। 

सर्वसाधारण लगानीकर्ताले न्युनतम ५० कित्ता र अधिकतम १००० कित्तासम्मको लागि आवेदन दिन सक्ने छन्। कम्पनीले प्रति कित्ता १०० रुपैयाँको दरका २ करोड ६४ लाख कित्ता शेयर निष्काशनमध्ये एक करोड ५ लाख कित्ता प्रभावित क्षेत्रको लागि र एक करोड ५८ लाख कित्ता सर्वसाधारणको लागि छुट्टाएको छ। आवेदनको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सदश्य बैंक तथा वित्तीय संस्थाहरुबाट पाइनेछ। 

कम्पनीको क्रेडिट रेटिङ "इक्रा एनपि आइपिओ ग्रेड चार" रहेको छ। यो रेटिङलार्इ औषतमा दोस्रो खराव ग्रेड मान्न सकिन्छ। सबै भन्दा खराब ग्रेड ५ हो भने सबै भन्दा राम्रो ग्रेड एक हो। 

कम्पनीको प्रति मेगावाट लागत १० करोड ८१ लाख रुपैयाँ रहेको छ। सर्वसाधारण शेयर निष्काशन सँगै कम्पनीको चुक्ता पूँजी १० अर्ब ५९ करोड रुपैयाँ पुग्नेछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell