PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

७ करोड डलरभन्दा बढी ड्रग्ससहित थाइल्यान्डमा १३ जना समातिए, ड्रग्स कारोबारीको अर्को समूहले दिएको थियो सूचना



पहिलोपोस्ट

७ करोड डलरभन्दा बढी ड्रग्ससहित थाइल्यान्डमा १३ जना समातिए, ड्रग्स कारोबारीको अर्को समूहले दिएको थियो सूचना
फोटो : रोयटर्स

बैंकक : थाइल्यान्डको उत्तरी क्षेत्रमा पर्ने चियाङ राइ प्रान्तबाट प्रहरीले ठूलो संख्यामा लागू औषध नियन्त्रणमा लिएको छ। म्यान्मारसँग सीमा जोडिएको सो क्षेत्रबाट २ करोड २० लाख भन्दा धेरै 'मेथामफेटामाइन' नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। 

यस्तै प्रहरीले शनिवार एक करोड २२ लाखको संख्यामा 'यावा' वा 'क्रेजी ड्रग' नाम गरेको लागू औषध पनि बरामद गरेको जनाएको छ। ती लागू औषधीहरुको मूल्य करिब ७ करोड १० लाख लाख डलरभन्दा बढी रहेको जनाइएको छ। 

प्रहरी र लागू औषध नियन्त्रण विभागले संयुक्त रुपमा पत्रकार सम्मेलन गरी ती बाहेक विगत दुर्इ हप्तामा नियन्त्रणमा लिइएका सय किलोग्राम 'क्रिष्टल मेथ', १.८ टन गाँजा र ८ किलोग्राम 'कोकिन' पनि सार्वजनिक गरेको थियो। 

प्रहरीले लागू औषध तस्करी गरेका १३ संदिग्धहरुलार्इ समेत पक्राउ गरेको जनाएको छ।

प्रहरीलार्इ लागू औषध तस्कर गर्ने एक समूहले नै फाया मेङराङ जिल्लाबाट नै चियाङ राइमा ठूलो परिणाममा लागू औषध भित्रिने खबर पाएको थियो। त्यही सूचनाको आधारमा प्रहरीले सर्च टोली खटाएको थियो। 

प्रहरीले सुरक्षा जाँच गर्दा एक ट्रकबाट सो लागू औषधहरु फेला परेका हुन्। जाँचका क्रममा ट्रक नरोकी भागे पछि प्रहरीले पछ्याउँदै ट्रकलार्इ नियन्त्रणमा लिएको जनाइएको छ। यस घटना बारे थाइ प्रहरीले थप अनुसन्धान गरिरहेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell