PahiloPost

Apr 17, 2024 | ५ बैशाख २०८१

लागू औषध ओसारपसार गर्दैगर्दा पक्राउ परेका सशस्त्र प्रहरी जवानलाई बर्खास्त गर्ने तयारी 



एम बम

लागू औषध ओसारपसार गर्दैगर्दा पक्राउ परेका सशस्त्र प्रहरी जवानलाई बर्खास्त गर्ने तयारी 

कैलाली : लागू औषध ओसारपसार गर्दैगर्दा कैलालीको धनगढीस्थित जुगेडा नाकाबाट पक्राउ परेका सशस्त्र प्रहरी जवान महेश पुजारालाई बर्खास्त गर्ने प्रहरीले तयारी गरेको छ। 

टीकापुर दरबन्दी भई सुर्खेतमा कार्यरत सशस्त्र प्रहरी जवान पुजारा घर विदामा आएका बेला पक्राउ परेको सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआइजी) नगेन्द्रबहादुर थापाले बताए । 

भारतबाट अवैध नाका हुँदै लागू औषध नेपाल भित्र्याइरहेको विशेष सूचनाका आधारमा कैलाली प्रहरीले आइतबार साँझ सशस्त्र प्रहरी जवान महेश पुजारा र तीनजना स्थानीय टेक थापा, विनोद कुँवर, विमल सिंहलाई पक्राउ गरेको थियो ।  

उनीहरुबाट ९० ट्यावलेट नाइट्रोभेट र ३ बोतल कोरेक्स बरामद गरिएको प्रहरीले जनाएको छ। चारै जनालाई सोमबार कैलाली जिल्ला अदालतबाट म्याद थप गरी कारबाही प्रक्रिया अघि बढाइएको कैलाली प्रहरीले जनाएको छ । 

चारैजना विरुद्ध अवैध लागू औषध ओसारपसार ऐन अन्तर्गत मुद्दा चलाउने प्रक्रिया प्रहरीले अघि बढाएको छ । 

पुजारालाई भने कानूनी कारवाहीसँगै तत्काल निलम्बन गरी बर्खास्त गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell