PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

आज बडादशैंको आठौं दिनः देशभर महाअष्टमी पर्व मनाइदै



पहिलोपोस्ट

आज बडादशैंको आठौं दिनः देशभर महाअष्टमी पर्व मनाइदै
फाइल फोटो

काठमाडौः बडादशैंको आज आठौ दिन महाअष्टमी। हर्षोल्लासपुर्वक शक्ति स्वरुपा माता महागौरी पुजा आराधना गर्दै मनाइँदैछ। 

आश्विन शुक्ल प्रतिपदाका दिन पुजाकोठा दशैघर वैदिक विधिपुर्वक नवदुर्गा भवानीको आव्हान गरि घटस्थापना गरिएको स्थानमा आज भक्तीपुर्वक विशेष पुजाआजा गरिन्छ। महाअष्टमीका दिन शैलपुत्री, ब्रहृमचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी, सिद्धिदात्री आदि देवीहरूको पूजा गरिन्छ।

आज घर–घरमा राखिएका वा कलकारखानामा रहेका हतियारलाई सफा गरी महादेवी दुर्गाको हतीयारको रुपमा स्थापना गरि पुजा गर्ने गरिन्छ। आज मध्यरातमा बली सहित कालरात्रीको पुजा गर्ने परम्परा रहेको छ। विभिन्न शक्तिपीठमा पशु बलि दिने चलन पनि रहेको छ।

आजका दिन उपत्यकाभित्रका शक्तिपीठहरु गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, वज्रयोगिनी, सड्कटा, वज्रबाराही, दक्षिणकाली, चामुण्डा, सुन्दरीमाई लगायत मन्दिरहरुमा पनि बलीसहित पूजा आजा गर्नेहरुको बिहानैदेखि भीड लागेको छ।

यसैगरी उपत्यका बाहिरका गोरखाको मनकामना, पर्साको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, धनुषाको राजदेवी, डढेलधुराको उग्रतारा, काभ्रपलाञ्चोकको चण्डेश्वरी,नाला भगवती र पलाञ्चोक भगवती, सिन्धुपाल्चोकको पाल्चोक भगवती,दोलखाको कालीञ्चोक भगवती लगायतका शक्तिपीठहरुमा पनि बलीसहित पूजा आराधना गर्ने श्रद्धालु भक्तजनहरुको घुँइचो लाग्ने गर्दछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell