PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

स्वयम्भूनजिकै मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रुको मृत्यु



पहिलोपोस्ट

स्वयम्भूनजिकै मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रुको मृत्यु

काठमाडौं : स्वयम्भू नजिकैको ठूलो भर्‍याङमा आज बिहान ५:४५ बजे मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। 

वनस्थलीबाट स्वयम्भू जाँदै गरेको बा २९ प ३७०७ नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेका  सिन्धुपाल्चोक जुगल गाउँपालिका-७ घर भई हाल सानो भर्‍याङ बस्ने वर्ष ५५ का वीरबहादुर तामाङलाई ठक्कर दिएको थियो। 

उनको उपचारको क्रममा मनमोहन मेमोरियल अस्पताल कलंकीमा बिहान ६:१० बजे मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

ठक्कर दिने सवारीसाधन र चालकलाई महानगरीय प्रहरी वृत्त स्वयम्भूले नियन्त्रणमा लिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell