PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

प्रधानमन्त्रीले विजया दशमीको दिन मात्र हैन चतुर्दशीसम्मै कार्यकर्ता र शुभचिन्तकलाई टीका लगाइदिने



पहिलोपोस्ट

प्रधानमन्त्रीले विजया दशमीको दिन मात्र हैन चतुर्दशीसम्मै कार्यकर्ता र शुभचिन्तकलाई टीका लगाइदिने
२०७२ सालमा प्रधानमन्त्री हुँदा केपी ओलीले श्रीमतीलाई लगाइदिएको टीका

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले यसपालि मन्त्री, सांसद, कर्मचारी, सुरक्षाकर्मीमात्र हैन, पार्टी कार्यकर्ता तथा शुभचिन्तकहरुलाई पनि टीका लगाइदिने भएका छन्। 

राजतन्त्र हुँदा राजा र रानीले मात्र टीका लगाइदिने प्रचलन थियो। गणतन्त्र आएपछि राष्ट्रपतिले पनि टीका लगाइदिने चलन सुरु गरिएको थियो। 

यो वर्ष भने पहिलो पटक प्रधानमन्त्रीले विजयादशमीको दिन मात्र हैन, चतुर्दशीसम्मै टीका लगाइदिन लागेका हुन्। 

विजया दशमीको दिन साढे ३ देखि साढे ५ बजेसम्म 'कार्यकर्ता र सर्वसाधारण'लाई समय छुट्याइएको छ टीका लगाइदिने। तर भोलिपल्ट एकादशीदेखि चतुर्दशीसम्म बिहान ९ बजेदेखि दुई घण्टा प्रधानमन्त्रीले टीका लगाइदिने समय छुट्याएका छन्। यो समयमा कार्यकर्ता र शुभचिन्तकहरुले टीका लगाउन सक्ने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ। 

यस्तो छ निजी सचिवालयले सार्वजनिक गरेको प्रधानमन्त्रीको दशैँ सेड्युल
 

२०७५ कात्तिक १ गते बिहीबार, महानवमी ( विहान झापा प्रस्थान र अपरान्ह काठमाण्डौ फिर्ता) 
चन्द्रगढीस्थित झापा जिल्ला समन्वय समितिको भवनमा जिल्ला रेडक्रस सोसाइटीको आयोजनामा पुस्तक विमोचन कार्यक्रम
सम्माननीय प्रधानमन्त्री ओलीको आयोजनामा विर्तामोडस्थित अग्रसेन भवनमा शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम

२०७५ कात्तिक २ गते, शुक्रवार, दशमी 
विहान ९ः४५–१० : सम्माननीय प्रधानमन्त्रीद्वारा पिताजी श्री मोहनप्रसाद ओलीको हातबाट टीका ग्रहण
विहान १०  पछि सम्माननीय प्रधानमन्त्रीको सचिवालयका सदस्यहरुद्वारा प्रधानमन्त्रीको हातबाट टीका ग्रहण
दिउँसो १ : सम्माननीय प्रधानमन्त्रीद्वारा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीबाट टीका ग्रहण
दिउँसो २ : माननीय मन्त्री, सांसद, पार्टी नेता तथा निजामति एवं सुरक्षासँग सम्बध्द उच्च पदस्थ राष्ट्रसेवक–कर्मचारी तथा सुरक्षाकर्मीहरुद्वारा सम्माननीय प्रधानमन्त्रीबाट टीका ग्रहण
अपरान्ह ३.३० देखि ५.३० : पार्टी कार्यकर्ता तथा सर्बसाधारणहरुद्वारा सम्माननीय प्रधानमन्त्रीबाट टीका ग्रहण
साँझ ६ः०० बजेदेखि : परिवारका सदस्यहरुद्वारा सम्माननीय प्रधानमन्त्रीबाट टीका ग्रहण

एकादशी कार्तिक ३ गतेदेखि चतुर्दशी कार्तिक ६ गतेसम्म
विहान ९ देखि ११ सम्म कार्यकर्ताहरु र शुभचिन्तकहरुद्वारा सम्माननीय प्रधानमन्त्रीको हातबाट टीका ग्रहण समय तालिका तय गरिएको छ । 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell