PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

विजया दशमी : देवी विसर्जनको साइत ९:३९ मा, टीकाको साइत ९:५१ मा



पहिलोपोस्ट

विजया दशमी : देवी विसर्जनको साइत ९:३९ मा, टीकाको साइत ९:५१ मा

काठमाडौँ : शुक्रबारको विजया दशमीमा बिहान ९ बजेर ३९ मिनेटमा देवी विसर्जनको साइत निस्किएको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ।

त्यसैगरी देवीको प्रसाद विजया दशमीको टीका लगाउन बिहान ९ बजेर ५१ मिनेटको साइत जुरेको समितिले बताएको छ। 

दशैँ अवधिभरि जुनसुकै बेला मान्यजनबाट टीका, जमरा र आशीर्वाद लिन साइत आवश्यक नहुने समितिको कथन छ। 

दशैँघरमा प्रतिपदाको दिनदेखि गरिएको पूजाआराधना विधिपूर्वक यही दिन विसर्जन गरिन्छ र श्री नवदुर्गा भवानीको प्रतीक पूर्ण घडाको जलबाट अभिषेक गरी घरघरमा ठूलाबडा र एवम् मान्यजनबाट टीका र जमरा लगाइन्छ । 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell