PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

पोखरामा विमानस्थल बनाइरहेका चिनियाँ नागरिक दशैँ मनाउँदा दङ  



पहिलोपोस्ट

पोखरामा विमानस्थल बनाइरहेका चिनियाँ नागरिक दशैँ मनाउँदा दङ  

  • राजु आचार्य -
पोखरा : 'यो चामल हो?'  कहिले पनि चामलको टीका नलगाएका 'झू'ले नेपालीलाई सोधेl

उनले थपे 'यो चामलमा के-के मिसाएको छ?  

सँगै बसेका छेन्जुइन् हाँसिरहेl उनीहरू हाँस्दा ढाका टोपी खस्छ कि झैँ गरी टाउको नहल्लाई हाँसिरहेका थिए l 

कानमा जमरा राख्दा १५ जना चिनियाँ खुसी देखिन्थे l टीका, जमरा, ढाकाटोपी मात्र होइन, उनीहरूले दक्षिणा समेत पाए l

खिचिएका फोटोहरू तुरुन्तै वीच्याटमार्फत् चीनमा आफन्तलाई पठाए l प्रसाद खाँदाखाँदै घरमा फोन पनि गरे l जीवनमा पहिलो पल्ट देखेको र मनाएको दशैँको सम्झना जीवनभरि रहिरहने चिनियाँ कम्पनी चाइना सिएएमसी इन्जिनियरिङका, पोखरा प्रमुख 'झु'ले बताएl  

उनीहरू सबै निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत छन्l 

ईआरएमसी-ए-नट-स्लेट जेभी मार्फत् परामर्शदातृ समूहको नेतृत्व गरिरहेका  इन्जिनियर कमल कार्कीले टीका लगाउने र आशीर्वाद  दिने काम गरेका थिए l टीका सकिएलगत्तै अर्का इन्जिनियर पवन आचार्यले   'सिमानाले छुट्टाएको तर पर्वले जोडेको' भनेर दशैँबारे फेसबुकमा अपडेट गरेका थिए l 

'चिनियाँसँगै दशैँ ! किन त ?'  सोध्दा कार्कीले भने 'हामी दशैँ पनि नभनी काम गरिरहेका छौँl टीकाको दिन त  शुभकामना आदान प्रदान गरौँ भनेर केही समयको लागि यो कार्यक्रम आयोजना गरेका हौँl हाम्रो संस्कृतिको  बारेमा चिनियाँ प्राविधिक तथा कामदारहरूलाई पनि जानकारी गराउन यसो गरिएको हो l' 

'तपाईँले टीका लगाउँदा  चिनिया समकक्षीहरुलाई के आशीर्वाद दिनु भयो त?' भनेर सोध्दा कार्कीले भने 'राम्रो होस्l  नेपाल बस्दा स्वस्थ होस्l घरतिर कसैको नराम्रो नहोस् l अनि सबैभन्दा ठूलो कुरा यो विमानस्थल बिना कुनै समस्या समयमा सकियोस्l  
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell