PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

सिंगापुरको आकाशमा उड्ने ट्याक्सीको परीक्षण हुने



पहिलोपोस्ट

सिंगापुरको आकाशमा उड्ने ट्याक्सीको परीक्षण हुने

सिंगापुर : सन् २०१९ को मध्यतिर सिंगापुरमा पहिलो पटक उड्ने ट्याक्सी (एयर ट्याक्सी) को परीक्षण हुने भएको छ। 

जर्मनी कम्पनी भोलोकप्टरले उक्त परीक्षण गर्न लागेको हो। कम्पनीले पेरिसमा भएको 'अटोनमी एन्ड डी अर्बन मोबिलिटी सम्मित'मा उक्त परीक्षणको घोषणा गरेको हो।

परीक्षणका क्रममा 'भोलोकप्टर' नाम दिइएको बिजुलीको सहायताबाट चल्ने एयरक्राफ्ट सिंगापुर जस्तो आधुनिक शहरको वातावरणमा चल्न सक्छ कि सक्दैन भनेर अनुसन्धान गरिनेछ।
 
उक्त एयरक्राफ्टमा दुर्इ जना व्यक्तिले धेरैमा ३० किलोमिटरसम्म यात्रा गर्न सक्ने जनाइएको छ। हेलिकप्टर जस्तो देखिने भए पनि उक्त एयरक्राफ्ट ड्रोन संचालन हुने प्रविधिमा आधारित रहेको बताइएको छ।

उक्त परीक्षणलार्इ सिंगापुरको यातायात मन्त्रालय लगायत अरु व्यापारिक संगठनहरुले सहयोग गर्नेछन्।  

सिंगापुरमा एयर ट्याक्सी संचालनका लागि उपयुक्त हुने रुटको अध्ययन पनि सोही परीक्षणका क्रममा गरिने भोलोकप्टरले जनाएको छ। यसका साथै सिंगापुरको मौसम, वातावरणका साथै ट्याक्सी ल्यान्ड गर्ने स्थान जस्ता विषयहरुलार्इ पनि महत्व दिइने जनाइएको छ।

परीक्षण पश्चात सार्वजनिक रुपमा सर्वसाधरणका लागि एयर ट्याक्सी संचालन गरिनेछ। 

सिंगापुरको यातायात मन्त्रालयले परीक्षणका लागि स्थान अझै सम्म तय नभएको जनाउँदै धेरै जनसंख्या र भौतिक सम्पति नभएको स्थान आफ्नो प्राथमिकतामा पर्ने जनाएको छ। 

परीक्षणका क्रममा सबै भन्दा बढी महत्व नागरिकको सुरक्षालार्इ दिइने मन्त्रालयले जनाएको छ। त्यसैले परीक्षणका लागि आवश्यक आचारसंहिता बनाइने बताइएको छ। 

उक्त एयर ट्रयाक्सी प्रविधि साधारण प्रयोग हुने हेलिकप्टर भन्दा सुरक्षित र सस्तो हुने बताइएको छ। ट्याक्सीको माध्यमबाट सामानहरु पनि ओसारपसार गर्न सकिनेछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell