PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

कसरी हुन्छ बाइपोलर डिसअर्डर? के यो वंशाणुगत हो?



कसरी हुन्छ बाइपोलर डिसअर्डर? के यो वंशाणुगत हो?
bipolar998

बाइपोलर डिसअर्डर मानिसको 'मुड'मा हुने परिवर्तनबाट सिर्जना हुने एक प्रकारको मानसिक रोग हो। अत्याधिक रुपमा व्यक्तिको व्यवहारमा परिवर्तन आएमा, 'डिप्रेसन' भएमा त्यो बाइपोलर डिसअर्डरको लक्षण हुन सक्छ। बाइपोलर डिसअर्डरलार्इ 'म्यानिक डिसअर्डर वा बाइपोलर डिजिज' पनि भन्ने गरिन्छ।
 
'बाइपोलर डिसअर्डर'बाट ग्रस्त मानिसहरुलार्इ दैनिक रुपमा गरिने काम गर्न गार्ह्रो हुनेगर्छ। जस्तै: विद्यालय, कलेज जानु, काममा जानु वा सामाजिक सम्बन्धलार्इ व्यवस्थापन गर्नु। पूर्णरुपमा यसको उपचार सम्भव नभएता पनि केही उपचार पद्धतिहरुले यसको लक्षणलार्इ केही हदसम्म रोक्न सक्छ। 

'बाइपोलर डिसअर्डर' सम्बन्धी केही तथ्य

'बाइपोलर डिसअर्डर' मस्तिष्कमा देखिने दुर्लभ रोग होइन। अमेरिकाका करिब ५० लाख मानिसहरुले यो रोगबाट छुटकारा पाइसकेका छन्। सामान्यतया २५ वर्षको उमेर देखि 'बाइपोलर डिसअर्डर' देखिन सुरु हुन्छ।
 
'बाइपोलर डिसअर्डर'का कारणबाट हुने 'डिप्रेसन' धेरैमा दुर्इ हप्तासम्म रहन्छ। 'हाइ मेनिक एपिसोड'ले धेरै दिन वा हप्तासम्म दुख दिन सक्छ। केही व्यक्तिले वर्षमा धेरै पटक 'मुड स्वीङ ' अनुभव गर्न सक्छन्। अरुलार्इ भने कहिलेकाही मात्र 'मुड स्वीङ' हुनेगर्छ।
  

'बाइपोलर डिसअर्डर'का लक्षण

'बाइपोलर डिसअर्डर' हुँदा खासगरी तीनवटा लक्षण देखिन्छ: 'मेनिया, हाइपोमेनिया र डिप्रेसन'

'मेनिया' हुँदा 'बाइपोलर डिसअर्डर' भएका व्यक्तिहरु भावनात्मक रुपमा उग्र हुन्छन्। उनीहरु निकै हर्षित, आकस्मिक र उर्जाले भरिपूर्ण हुन्छन्। 'मेनिक एपिसोड' हुँदा उनीहरुले 'स्प्री' फैलाउनुका साथै, असुरक्षित यौन सम्पर्क र लागु औषध प्रयोग गर्ने गर्छन्।

'हाइपोमेनिया' 'बाइपोलर डिसअर्डर 'मेनिया' जस्तै हुन्छ तर त्यो जस्तो गम्भिर हुँदैन। 'हाइपोमेनिया'ले काम, विद्यालय वा सामाजिक सम्बन्ध स्थापना गर्नमा कठिनार्इ हुँदैन। यद्यपी 'हाइपोमेनिया' भएकाहरुमा पनि 'मुड' परिवर्तन भने हुनेगर्छ।
 
यसक्रममा 'डिप्रेसन' हुँदा मानिसहरुमा अत्याधिक दुख, आशाहिन, उर्जा हराएको, धेरै निदाउने, आत्महत्याको प्रयास गर्ने भावनाको विकस हुन्छ। 

महिलामा देखिने 'बाइपोलर डिसअर्डर'का लक्षण


महिला र पुरुषहरुलार्इ समान रुपमा 'बाइपोलर डिसअर्डर' हुनसक्छ। तर यी दुर्इबीच मुख्य लक्षणहरुमा केही भिन्नता आउन सक्छन्। महिलाहरुमा निम्न अवस्थामा 'बाइपोलर डिसअर्डर' हुनसक्छ:
  • २० देखि ३० वर्षको उमेरमा मात्र रोगबाट मुक्ति पाइन्छ
  • मध्यम खालको 'मेनिया एपिपसोड' हुन्छ
  • 'मेनिया एपिसोड' बाट निराश अवस्था सिर्जना हुन्छ
  • वर्षमा चार वा त्यो भन्दा बढी 'मेनिया वा डिप्रेसन' देखिन्छ।
  • एकैसमयमा थाइरोइड, एन्जाइटी, माइग्रेन हुनसक्छ
  • मध्यपान गर्नेहरुको जीवनमा धेरै खतरा हुन्छ। 

महिलामा महिनावारी, गर्भवती वा 'मेनोपज' हुने हुँदा एक पटक हराएर फेरि त्यही अवस्था पुन सिर्जना हुनसक्छ। 

पुरुषमा हुने 'बाइपोलर डिसअर्डर'

  • सुरुकै अवस्थामा डिसअर्डर निदान गर्न सकिन्छ
  • धेरै 'मेनिक एपिसोड'हरु सामना गर्नुपर्छ
  • वस्तुहरुको प्रयोग प्रति संवेदनशिल हुन्छन्।
  • 'मेनिक डिसअर्डर' देखापर्छ।
'बाइपोलर डिसअर्डर' भएका पुरुषहरु महिला भन्दा कम मात्र यसको उपचारका लागि चिकित्सक कहाँ जान्छन्। यस्तै, आत्महत्का कारण धेरै पुरुषहरुको मृत्यु हुन्छ।

'बाइपोलर डिसअर्डर'को प्रकार

साधारण रुपमा 'बाइपोलर डिसअर्डर' तीन प्रकारका छन्: 
  • 'बाइपोलर आइ'
  • 'बाइपोलर आइआइ' 
  • 'साइक्लोथाइमिया'

बाइपोलर आइ

'मेनिक एपिसोड' हुने अवस्थाबाट 'बाइपोलर आइ'को निर्धारण गरिन्छ। मेकिन एपिसोड हुनुभन्दा अघि 'हाइपोमेनिक' वा अत्याधिक डिप्रेसन देखिन सक्छ। यस प्रकारको 'बाइपोलर डिसअर्डर' पुरुष र महिलामा समान संख्यामा हुने गर्छ। 

बाइपोलर आइ आइ

यसप्रकारको बाइपोलर हुने मानिसहरुमा देखिने उच्च डिप्रेसन धेरैमा दुर्इ हप्तासम्म रहन सक्छ। यस्तै चार दिनसम्म रहने गरि 'हाइपोमेनिक एपिसोड' हुनसक्छ। यो धेरै महिलाहरुमा देखापर्छ।

साइक्लोथाइमिया

साइक्लोथाइमिया भएकाहरुमा 'हाइपोमेनिया र डिप्रेसन' देखिन्छ। यस प्रकारका लक्षणहरु 'बाइपोलर आइ' र 'बाइपोलर आइआइ' भएकाहरु मध्ये कम गम्भिर हुन्छन्। यस प्रकारको डिसअर्डर महिनामा एक वा दुर्इ पटक मात्र देखिन्छ। 

बालबालिकामा बाइपोलर डिसअर्डर

बाइपोलर डिसअर्डर भएका बालबालिकाहरुमा गरिने उपचार विवादित छन् किनभने युवाहरुमा जस्तै बालबालिकाहरुमा एकै प्रकारका लक्षण मात्र देखापर्दैनन्। उनीहरुको मुड पनि युवाहरु भन्दा छुट्टै प्रक्रियाले परिवर्तन हुन्छ।
 
'बाइपोलर डिसअर्डर' भएका बालबाललिकाहरुमा 'डिफिक्ट हाइपरएक्टिभ डिसअर्डर(एडीएचडी)' को जस्तै लक्षण देखिने गरेको छ।

यद्यपी चिकित्सकहरुले बालबालिकाहरुमा हुने यस प्रकारका रोगको अवस्थाका बारे केही तथ्यहरु फेला पारेका छन्। उपचारका माध्यमबाट बालबालिकाहरुमा देखिएको 'बाइपोलर डिसअर्डर'को निदान गर्न सकिए पनि त्यसका लागि हप्तौं वा महिनौं लाग्न सक्छ। यसका लागि दक्ष चिकित्सक कहाँ बालबालिकाहरुलार्इ लग्नुपर्छ। 

युवाहरुमा जस्तै बालबालिकाहरुको मुडमा पनि धेरै परिवर्तन आउने गर्छ। पहिला उनीहरु खुशी देखिए पनि पछि विस्तारै निराश हुने गर्छन्। 

बालबालिकामा देखिने मेनिक लक्षण

  • मूर्खतापूर्ण व्यवहार गर्ने
  • अत्याधिक खुशी हुने
  • विषयहरु छिट्टै परिवर्तन गर्ने
  • एकाग्र हुन नसक्ने
  • खतरनाक कार्य गर्न रुचाउने
  • सानोसानो विषयमा छिटो रिसाउने, क्रुद्ध हुने
  • निदाउन गार्ह्रो हुने, निदाउन नसक्दा पनि थकान महसुस नहुनु

बालबालिकामा डिप्रेसनका लक्षण

  • दुखी भएको अभिनय गर्नु
  • कुनै कुरामा रुचि नहुनु
  • बिरामी भएको गुनासो गरिरहनु
  • लगातार टाउको र पेट दुख्नु
  • दोषी ,ग्लानी महसुस गर्नु
  • थोरै वा धेरै खानु
  • आत्महत्याका बारे भावहरु आउनु
'बाइपोलर डिसअर्डर'का कारण 'एडीएचडी' र त्यस्तै प्रकारका रोगहरु बालबालिकाहरुमा देख्न सकिन्छ। 

युवाहरुमा हुने बाइपोलर 

युवाअवस्थासँगै हर्मोनमा हुने परिवर्तन र जीवनशैलीमा हुने परिवर्तनका कारण राम्रो व्यवहार भएका युवाहरु पनि उदास देखिन सक्छन्। यद्यपी केही युवाहरुमा भने 'बाइपोलर डिसअर्डर'का कारण मुड परिवर्तन हुने गर्छ। 

बाइपोलर भएकाहरुमा देखिने केही लक्षण :
  • धेरै खुसी हुनु
  • अभद्र व्यवहार गर्नु
  • खतरनाक काममा संलग्न हुनु
  • अरुलार्इ हानी पुर्याहउनु
  • अरु समयभन्दा बढी यौनका बारे सोच्नु
  • यौन क्रियाकलापका बारे सक्रिय हुनु
  • निन्द्रा नपर्नु तर थकान महसुस नहुनु
  • छिट्टै रिसाउनु
  • कुनै विषयमा ध्यान नहुनु
युवाहरुमा डिप्रेसनका लक्षण
  • धेरै वा कम मात्रामा मात्र खाना खानु
  • धेरै वा कम मात्रामा मात्र निन्द्रा लाग्नु
  • धेरै दुखी हुनु
  • समाज र साथीहरुसँग टाढा रहनु
  • मृत्यु र आत्महत्याका बारे सोच्नु

बाइपोलर र डिप्रेसन

'बाइपोलर डिसअर्डर'का दुर्इ चरण हुन्छ:'अप' र 'डाउन'। बाइपोलरबाट छुट्कारा पाउन पहिला 'मेनिया र हाइपोमेनिया' भएको हुनुपर्छ। डिसअर्डर भएको बेला मानिसहरुले 'अप' भएको महसुस गर्छन्।

यस्तै बाइपोलर डिसअर्डर भएकाहरुमा पनि 'डिप्रेसिभ एपिसोड' वा 'डाउन मुड' देखिन्छ। जब एक जनाले 'डाउन' महसुस गरिरहेको हुन्छ तब उनीहरु दुखी, कमजोर महसुस गर्छन्। यद्यपी, 'बाइपोलर डिसअर्डर' भएकाहरुले 'डाउन' महसुस गरेमा पनि उनीहरु सबैलार्इ डिप्रेसन हुन्छ भन्ने छैन। एक पटक मेनियाको उपचार गराइसकेको व्यक्तिको सामान्य मुडलार्इ पनि डिप्रेसन मान्ने गरिन्छ किनभने उनीहरु म्यानिक एपिसोडमा 'हाइ' महसुस गरिरहेका हुन्छन्।

'बाइपोलर डिसअर्डर'ले मान्छेलार्इ निराश बनाउँछ। तर त्यसलार्इ डिप्रेसन नै हो भनेर भन्ने मिल्दैन। 'बाइपोलर डिसअर्ड'रले 'हाइ' र 'लो' महसुस गराउँछ भने डिप्रेसनका कारण व्यवहार र भावनाहरु जहिल्यै डाउन नै हुन्छन्। 

बाइपोलर डिसअर्डरका कारणहरु

जेनिटिक: परिवारको कसैलार्इ बाइपोलर डिसअर्डर भएको भए अरु सदस्यलार्इ पनि बाइपोलर डिसअर्डर हुने खतरा हुन्छ। यद्यपी यस्तो हुने संख्या निकै कम छ।

मस्तिष्क: मस्तिष्कको आकारले पनि बाइपोलर डिसअर्डर हुन सक्छ। मस्तिष्कमा कुनै प्रकारको कमजोरी वा चोटले यसको सम्भावना बढ्छ। 

वरपरको वातावरण

शरीर भित्रका कारणले मात्र नभइ बाहिरी कुराहरुले पनि बाइपोलर डिसअर्डर हुन सक्छ। जस्तै,अत्याधिक तनाव, ट्रमाको अनुभव,शारिरीक बिमारी।

के बाइपोलर वंशानुगत हो?

'बाइपोलर डिसअर्डर' अभिभावकबाट सन्तानहरुलार्इ पनि सर्न सक्छ। अनुसन्धानकर्ताहरु यसका पछाडी शक्तिशाली 'जीन'को भूमिका रहेको पत्ता लगाएका छन्। यदी तपार्इको परिवारमा कसैलार्इ बाइपोलर डिसअर्डर भएको छ भने तपार्इ त्यो रोग लाग्न सक्ने अवस्था त्यो रोग नलगाएको परिवारका सदस्याहरुलार्इ भन्दा ४ देखि ६ गुणा बढी हुन्छ।तर यसको अर्थ परिवारमा कसैलार्इ 'बाइपोलर डिसअर्डर' हुँदैमा सबैलार्इ त्यो रोग लाग्छ भन्ने होइन। 

बाइपोलरको उपचार

'बाइपोलर डिसअर्डर आइ'को उपचारमा एक वा बढी 'मेनिक एपिसोड', वा दुवै 'मेनिक र ड्रिप्रेसिभ एपिसोड'हरु संलग्न हुन्छन्। यसका साथै मुख्य 'ड्रिप्रेसिभ एपिसोड' पनि संलग्न हुन्छ वा नहुन नि सक्छन्।

'बाइपोलर डिसअर्डर आइआइ'को उपचारमा भने एक वा त्यो भन्दा धेरै 'डिप्रेसिभ एपिसोड' संलग्न हुन्छ। यसका साथै एउटा 'हाइपोमेनिया' पनि हुन्छ। 

'म्यानिक एपिसोड'को उपचारका लागि तपार्इले कम्तिमा एक हप्तासम्म लक्षणहरु देखिनुपर्छ र अस्पतालमा भर्ना हुनुपर्छ। यसक्रममा तपार्इले हरेक दिन जसो 'बाइपोलर डिसअर्डर'का लक्षणहरु अनुभव गर्नुपर्ने हुन्छ। मुख्य 'डिप्रेसिभ एपिसोड'हरु धेरैमा दुर्इ हप्तासम्म रहनुपर्छ। 

'मुड स्वीङ' फरक फरक हुने हुँदा 'बाइपोलर डिसअर्डर'को उपचार गर्न धेरै समस्या लाग्ने गरेको छ। अझ बालबालिका र युवाहरुमा त यसको उपचार गर्न धेरै गार्ह्रो हुने गरेको छ।
 
'बाइपोलर डिसअर्डर''को उपचार नगरेको खण्डमा अवस्था जटिल हुनसक्छ। 'बाइपोलर डिसअर्डर'को उपचार गरेको खण्डमा जीवन स्वस्थ रुपमा निर्वाह गर्न सकिन्छ। त्यसैले यसको उपचार गर्नु महत्वपूर्ण हुन्छ।

बाइपोलर लक्षणको परीक्षण

शरीरको नियमित जाँच गराउनु, रगत र पिसाबको परीक्षण गर्नुले लक्षणहरुको बारे थाहा पाउन सकिन्छ। यसका साथै मनोचिकित्सकको परामर्श लिएर उपचार गराएको खण्डमा पनि 'बाइपोलर डिसअर्डर'को निदान गर्न सकिन्छ। आफ्नो मुड, खानपिनका बारेमा नियमित रुपमा लेखिरँहदा पनि लक्षणहरुका बारेमा सचेत भइन्छ।  

उपचार गर्ने पद्धति

मेडिकेसन जस्तै लिथियम जस्तै मुड स्टेबेलाइजर, ओलानजापाइन जस्तै एन्टीसाइकोटिक्स, फ्लुसेटाइन-ओलानजापाइन जस्तै एन्टी डिप्रेसेन्ट र एन्टीसाइकोटिक्स र निश्चित समयका लागि प्रयोग गर्न सकिने एन्टी एन्जाइटी मेडिकेसन अलप्राजोलमको प्रयोग गरि डिसअर्डरलार्इ नियन्त्रण गर्न सकिन्छ। 

यसका साथै विभिन्न प्रकारको 'साइकोथेरापी को प्रयोग गरि पनि 'बाइपोलर डिसअर्डर'को निदान गर्न सकिन्छ। यसमा 'थेरापिस्ट'सँग 'बाइपोलर डिसअर्डरको बारेमा कुरा गर्ने 'कगनिटिभ विहेवेरियल थेरापी'को उपयोग गर्न सकिन्छ। यसका साथै 'साइको इडुकेसन'को मार्फतबाट पनि 'इपोलर डिसअर्डर'का बारे जानकारी लिएर त्यो रोगको व्यवस्थापन गर्न सकिन्छ। 

यसैगरी 'इन्टरपर्सनल एन्ड सोसियल रिडम थेरापी'का माध्यमबाट 'डिसअर्डर' भएकाहरुको दैनिक गतिविधीलार्इ व्यवस्थापन गर्न सकिन्छ। 
'बाइपोलर डिसअर्डर'को उपचारका लागि 'इलेक्ट्रो कन्क्लुसिभ थेरापी, स्लीप मेडिकेसन वा अकुपंचर' पद्धतिको प्रयोग पनि गर्न सकिन्छ।
 
आफ्नै दैनिक गतिविधिमा नियन्त्रण राख्न सकेपनि 'बाइपोलर डिसअर्डर'को असर कम गर्न सकिन्छ। 

प्राकृतिक रुपमा निर्मित हुने 'फिस ओयल, रोहडिओला रोसिअ र एस-एडीनोसलीनमेथिवनिन' को सेवनबाट पनि 'डिप्रेसन र मुड स्वीङ' माथि नियन्त्रण राखि 'बाइपोलर डिसअर्डर'को उपचार गर्न सकिन्छ। सन् २०१३ मा गरिएको एक अनुसन्धानले धेरै मात्रामा माछा वा माछाको तेल(फिस ओयल) सेवन गर्नेलार्इ 'बाइपोलर डिसअर्डर'को खतरा कम हुने देखिएको थियो। 

'बाइपोलर डिसअर्डर'का कारण विश्वभर करिब ६ करोड भन्दा मानिस प्रभावित छन्। समयमा नै 'बाइपोलर डिसअर्डर'को लक्षणहरु पत्ता लगाइ उपचार गर्न सकेको खण्डमा निर्भिक र स्वतन्त्र रुपमा जीवनयापन गर्न सकिन्छ। 

हेल्थलाईन डटकममा प्रकाशित सामाग्रीको भावानुवाद



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell