PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

अभिनेत्रीहरुको दशैं दक्षिणा : कसले कति पाए?



रीना मोक्तान

अभिनेत्रीहरुको दशैं दक्षिणा : कसले कति पाए?

यो दशैंमा शिल्पा पोख्रेल विराटनगर पुगिन्। उनको मुल घर नै विराटनगर हो। तीन वर्षपछि विराटनगरमा उनले दशैंको टीका थापिन्। दशैं रमाइलोमै बित्यो। 

दशैंमा टीकासँगै पाएको दक्षिणा गनेर उनी मख्ख पर्छिन्। यसपाली उनले ८ हजार दक्षिणा पाइन्। भनिन् ‘शुरुमा त विराटनगर नै आइयो। तीन वर्षपछि बल्ल टीका लगाको विराटनगरमा।' 

उनले हजुरआमाको हातबाट टीका थापेकी हुन्। ‍ ‘दशैं सकिएको जस्तो नै लागेको छैन। यसपाली खास दक्षिणा भएन। त्यस्तै ८ हजार जति मात्र भयो’ दक्षिणा प्रसंग जोडिन्। 

यता अभिनेत्री श्वेता खड्काले यो दशैंमा लगभग ३ हजारमात्र पाइन् दक्षिणा। सुनाइन् ‘थोरै भयो दक्षिणा। म धेरै दक्षिणा दिन लाग्यो भने लिन्नँ। दुई तीन हजार भयो यसपाली।‘

उनी टीका थाप्न मामाघर, दिदीहरु, साथीहरुको घरमा पुगिन्। कोरियोग्राफर बसन्त श्रेष्ठलाई ‘गड फादर’ मान्छिन्। यो वर्ष पनि बसन्तको हातबाट टीका लगाइन् श्वेताले। 

अभिनेत्री दीपिका प्रसाईंले दशैंमा राम्रो दक्षिणा पाएकी छिन्। उनले टीका लगाएर दक्षिणामा १२ हजार पाइन्। घर कैलाली। उनलाई सबैभन्दा बढी दक्षिणा घरमै मिल्यो। उनले मामाघर, काकाकाकीको घरमा टीका थापिन्। पुर्णिमापछि काठमाडौं आएर उनी नियमित काममा फर्किने बताउँछिन्। 

त्यस्तै अभिनेत्री वर्षा राउतको दशैं सिन्धुली मै बित्यो। उनको सबै परिवार सिन्धुलीमा नै छन्। यसपालीको दशैंमा उनले पनि धेरै दक्षिणा पाइन्। सुनाइन् ‘धेरै जनासँग टीका लगाएर, धेरै दक्षिणा पाइयो। यसपाली १० हजार जति भयो।‘

उनी यसपाली दशैंको टीका थाप्न मामाघर गइनन्। ‘दशैं राम्रै भयो’ उनले थपिन्। 

अभिनेत्री वर्षा सिवाकोटीले यो वर्ष खासै धेरै दक्षिणा पाइनन्। सीतापाइलामा घरमै टीका लगाइन्। पहिलोपोस्टलाई भनिन् ‘दक्षिणा अलिअलि भयो। गनेको पनि छैन।'

रेखा थापाले पनि यो वर्ष खासै दक्षिणा पाइनन्। धेरै ठाउँमा टीका थाप्न नजाँदा दक्षिणा कम पाएको कारण देखाउँछिन् रेखा। ‘यसपाली धेरै ठाउँमा टीका थाप्न गइनँ नि त। त्यसैले दक्षिणा धेरै भएन। दक्षिणा होइन आशिर्वाद धेरै पाएँ।’ भनिन्। 

अभिनेत्री अश्लेषाको सबै परिवार अष्ट्रेलियातिर नै छन्। दशैंको टीका उनले यो वर्ष आमा र केही आफन्तबाट लगाइन्। उनले यसपाली दशैंमा दक्षिणा धेरै पाइनन्। सुनाइन् ‘बुवा अष्ट्रेलिया जानु भएको थियो। आमाको हातबाट टीका लगाएँ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell