PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

नेकपाको सचिवालय बैठक : माधव नेपालको असन्तुष्टि सामसुम, नारायणकाजीको राजीनामा अस्वीकृत



नेकपाको सचिवालय बैठक : माधव नेपालको असन्तुष्टि सामसुम, नारायणकाजीको राजीनामा अस्वीकृत

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालको असन्तुष्टिको समाधान भएको छ।

नेकपाको आज बसेको सचिवालय बैठकमा नेता नेपालले उठाएको विषयलाई गम्भीरता पूर्वक लिने र आगामी दिनमा यस्ता त्रुटि हुन नदिने आश्वासन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले दिएका छन्।

अध्यक्षद्वयले नेता नेपालको असन्तुष्टि सम्बोधन भएपछि नेता नेपालले अघि सारेको प्रस्ताव अस्वीकृत भएको बैठकपछि नेकपाका नेता झलनाथ खनालले दिएका छन्। 

नेता नेपालले प्रदेशको अध्यक्ष, सचिव, इन्चार्ज र सहइन्चार्जको जिम्मेवारीका विषयमा लिखित असन्तुष्टि सचिवालय बैठकमा राखेका थिए। 

यसैगरी पार्टीको केन्द्रीय प्रवक्ताबाट नारायणकाजी श्रेष्ठले दिएको राजीनामा राजीनामा अस्वीकृत भएको छ। डा.गोविन्द केसीको अनशनलाई सहयोग गरेको भन्दै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले श्रेष्ठसँग स्पष्टिकरण मागेपछि उनले राजीनामा गरेका थिए।

पार्टी एकीकरण तथा सरकार सञ्चालन लगायतका विषयमा छलफलका लागि ७ गते पुनः बस्ने गरी बैठक स्थगित गरिएको खनालले जनाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell