PahiloPost

Nov 21, 2018 | ५ मंसिर २०७५


प्रतिबन्धित ड्रग्स डिप्रेसन र मस्तिष्क पक्षघातको उपचारमा प्रभावकारी


पहिलोपोस्ट

प्रतिबन्धित ड्रग्स डिप्रेसन र मस्तिष्क पक्षघातको उपचारमा प्रभावकारी

अमेरिका साउथ क्यारोलिनाको 'चारलेस्टन' भन्दा केही बाहिर रहेको एक सानो घरमा बनाइएको क्लिनिकमा सर्दा जोन लुबेकीसँग धेरै उपायहरू थिएनन्। उनी कुनै समय सेनामा आवद्द थिए। आफ्नो घर फर्केपश्चात उनले डरबाट हुने मानसिक रोग (पोस्ट ट्रामाटिक स्ट्रेस) सँग लड्नु पर्‍यो। सन् २००६ मा अस्थिरता र धार्मिक हिंसा चरम रूपमा बढ्दै जाँदा त्यहाँ आक्रमण भयो। उनी बसेको 'आउट हाउस' बाट एक प्रकारको बम (सार्पनेल) प्रहार भयो।

'सार्पनेल' प्रहार असफल हुँदा उनी बसेको ठाउँमै विस्फोट हुनपुग्यो। त्यही बेला उनलार्इ डरलाग्दो परिस्थितिबाट हुने मस्तिष्क पक्षघात (ट्रमाटिक ब्रेन इन्जुरी) भयो। घर फर्कँदा श्रीमतीले छोडेर गइसकेकी थिइन्। त्योबेला पाँच पटक आत्महत्या गर्ने कोसिस गरेका थिए उनले।

 

लुबेकी भन्छन् 'मेरो जीवन एक प्रकारले भिन्न गीत जस्तो थियो।'

उनी सन् २०१४ मा अस्पताल पुगे। त्यसबेला चिकित्सकले  'पीटीएसडी' को उपचारका लागि आधा दर्जनभन्दा बढी ‌औषधि दिए। उनको 'एक्सपेरिमेन्टल ट्रिटमेन्ट' सुरु भयो त्यो पनि प्रतिबन्धित औषधिबाट। 'इस्टासी वा मोली' भनेर चिनिने 'एमडीएमए' नामक 'साइकेडेलिक ड्रग', जुन दसौँ वर्षदेखि प्रतिबन्धित थियो।

उनी भन्छन् 'त्यसपछि सबै नौलो लाग्न थाल्यो। राम्रो तर नौलो।'

धेरै वर्षसम्म प्रतिबन्धित रहेको 'साइकेडेलिक ड्रग्स' हाल 'डिप्रेसन' र 'पोस्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर'को सम्भावित उपचारका लागि प्रयोग गरिन थालिएको छ।

'एमडीएमए'को अध्ययनले अनुसन्धानकर्ताहरुलार्इ धेरै सहयोग मिलेको छ। 'म्याजिक मसरुम्स्' मा हुने 'सिलोसाइबिन'ले धेरै नौलो अनुभव गराउन सक्छ। यसलार्इ धुमपान त्याग्न कोसिस गरिरहेका व्यक्तिहरूमाथि प्रयोग गर्न थालिएको छ। विचारमाथि प्रभाव नपारी कसरी 'एलएसडी' र अरू ड्रग्सले मानसिक अवस्थालार्इ प्रभावित पार्छ भन्ने विषयका बारेमा युरोपका अनुसन्धानकर्ताहरूले अनुसन्धान गर्दछन्।

'साइकेडेलिक' प्रयोगका सम्बन्धमा 'अमेरिकन साइकोलोजिकल एसोसिएसन'ले अध्ययन गरेको थियो। 'याले युनिभर्सिटी अफ मेडिसिन'को मनोविज्ञान विभागका अध्यक्ष जोन क्रिस्टल भन्छन् 'यो साइक्याट्रिक ड्रग्सको विकासका सम्बन्धमा धेरै चाखलाग्दो विषय हो।'

अनुसन्धानमा लुबेकी एक हिस्सा थिए। बहुआयामिक 'साइकोथेरापी सेसन'को साथ 'एमडीएमए'को डोज लिएका उनी क्लिनिकमा तीनपटक गए।  ड्रग्स एक प्रकारको 'एमफेटामिन' हो जसले एक प्रकारको खुलापन र भावनात्मक न्यानोपन सिर्जना गर्छ। यसले आफूलार्इ 'पीटीएसडी' बाट हुने कुनै गहिरो शारीरिक अनुभूति बिना नै आफ्ना अनुभवहरू साटासाट गर्न सहयोग गरेको बताउँछन् लुबेकी।

उनी भन्छन् 'एडरेनालिन किकले प्रहार गरेन। मेरो घाँटीका रौँहरू माथि उठेनन्। पप्पीहरु भएको बाथटबमा उनीहरूले अनुहार चाटिरहेको र सबैले अंकमाल गर्दा एक प्रकारको थेरापी गरेको जस्तो लाग्छ। त्यो थेरापी सेसन ६ घण्टासम्म चल्छ। तर ट्रामाटिक भने हुँदैन।'

क्रिस्टलका अनुसार चिकित्सकहरूले सन् १९६० बाट 'साइकेडेलिक'को प्रयोगबारे अध्ययन गर्न थालेका थिए। अनुसन्धानका क्रममा तिनीहरू 'थेरेपिटिकल' प्रयोगका लागि उपयुक्त हुने निष्कर्ष निकालिएको थियो। तर मानसिक स्वास्थ्यसम्बन्धी क्षेत्रमा पुनर्विचार गर्नुपर्ने समय आएको उनी बताउँछन्।

'साइक्याट्रिक डिसअर्डर'को गम्भीरता पहिलेभन्दा धेरै परिपक्व देखियो। यसले आत्महत्याको तथ्याङ्क बढी रहेको कुराका बारेमा राम्रो ज्ञान हासिल भएको क्रिस्टल बताउँछन्।

मस्तिष्कले कसरी काम गर्छ भन्नेबारे ५० वर्षदेखि अनुसन्धान हुँदै आएको छ। तर, ड्रग्सका सम्बन्धमा भने केही कुराहरू रहेको उनी बताउँछन्। त्यसको केही नतिजा पनि आएको छ।

'पीटीएसडी'ले 'एफडीए'बाट 'ब्रेकथ्रु थेरापी' मान्यता पाएपछि 'इमडीएमए'को उपचारका लागि यसको 'किल्निकल ट्रायल' गर्ने क्रम बढी रहेको छ।

क्यालिफोर्नियामा रहेको 'मल्टी डिसिपिल्नरी एसोसिएसन अफ साइकेडेलिक स्टडिज'का प्रवक्ता ब्राड बुर्ज भने 'ब्रेकथ्रु थेरापी' मान्यता पाउनुले विश्वमा यो एक गम्भीर उपचार विधि हो भन्ने कुरा प्रस्ट पारेको बताउँछन्। 'एफडीए'ले यसलार्इ निकै गम्भीर रूपमा लिएको छ। यो धेरै ठूलो विषय हो।'

यसको नतिजा मे महिनामा प्रकाशित गरिएको थियो। अनुसन्धानका क्रममा सहभागीहरूको दुर्इ महिनामा र एक वर्षपछि पुनः जाँच गरिएको थियो। नतिजाहरू क्रमशः राम्रो हुँदै गएको बुर्जले बताएका थिए।

लुबेकीको सन्दर्भमा उनमा रहेको 'पीटीएसडी'का लक्षणहरु ५० प्रतिशतले घटेको उनले बताए। 'डिप्रेसिप' लक्षण ७० प्रतिशतले घटेको छ भने आत्महत्या गर्ने सोच पूर्णरुपमा बन्द भएको छ। उनी अहिले आफ्नो जीवन रक्षा गर्ने 'एमडीएमए'का वकालत गर्दै 'एमपीएस'का विषयहरुमा काम गरिरहेका छन्।

आफूले यो अवस्थाबाट गुज्रिरहेका धेरैलार्इ चिनेको भन्दै चाहिने सहयोग गर्न आफू तयार रहेको बताए।

यसक्रममा कुनै प्रकारको गम्भीर 'साइड इफेक्ट' भेटिएन। तर अनुसन्धानकर्ताहरुले एक कुराको भने पत्ता लगाएका छन्: ड्रग नदिनु भन्दा थोरै मात्रामा 'एमडीएमए'को सेवन गर्नु बढी हानिकारक पाइयो।

'एफडीए'ले गत महिना 'डिप्रेसन'को उपचारका लागि 'सिलोसाइबिन'को टेस्ट गर्ने अध्ययनलार्इ स्वीकृत गर्‍यो। ब्रिटिस कम्पनी 'कम्पास'ले दोस्रो चरणको ट्रायल सुरु गर्न लागेको छ।

कम्पासका कार्यकारी प्रमुख जर्ज गोल्ड भन्छन् 'विश्वमा धेरै रोगहरू र अक्षमताको कारण डिप्रेसन हो। उपचार गरेर केही नहुने डिप्रेसन संसारभर १०० मिलियन मानिसलार्इ छ। ट्रायलबाट हामी यसका नयाँ आयामहरू थाहा पाउन सक्छौँ। यो अहिलेको आवश्यक्ता हो।'

यस्तै जन्स होपकिन युनिभर्सिटीका अनुसन्धानकर्ताहरुले भने 'सिलोसाइबिन'को प्रयोगबाट धुमपानबाट मान्छेहरुलार्इ कसरी मुक्त बनाउन सकिन्छ भन्नेबारे अध्ययन गरिरहेका छन्। १५ जना सहभागीहरूसँग गरिएको फलोअप अन्तर्वार्तामा उनीहरुमा धुमपान त्याग्नका लागि राम्रो लक्षण देखेको बताएका छन्।

जन होपकिन्सका मनोविज्ञानसम्बन्धी एशोसिएट प्रोफेसर म्याथु जनसन भन्छन्, 'सिलोसाइबिन सेसनमा मान्छेहरुले उनीहरुमा रहेको आफ्नो पहिचानका बारेमा गहिरो छलफल गर्ने गरेको पाइएको छ। कसैलार्इ गाह्रो भए उनीहरुलार्इ ब्याक सिटमा राखेर सेसन देखाइन्छ।'

सहभागीहरू मध्ये एक जना पाइलट पनि थिए। उनले भने, 'मलार्इ आफू 'डी म्याट्रिक्स' जस्तो भएको महसुस भइरहेको छ। सबै कुरा 'स्लो मोसन'मा चाहिरहेको जस्तो लागिरहेको छ। पहिला जसरी मेरा हातहरू पकेटमा पुग्थे र म धुमपान गर्न चुरोट निकाल्थेँ। अहिले त्यो क्रम धेरै कम भएको छ।'

अरू सहभागीहरूले भने आफूहरूमा संगीत,कला र कविताप्रतिको मोह पुनः जागरण भएको बताए।

जनसन र जन होपकिन्सले पहिला गरेको अनुसन्धानमा क्यान्सर भएकाहरुमा 'सिलोसाइबिन'ले डिप्रेसन र एनजाइटीमा 'किल्निकल सिगनिफिकेन्ट' सुधार आएको पत्ता लगाएका थिए। त्यो ड्रग्सले पुरातन 'एन्टी डिप्रेसेन्ट ड्रग्स'हरुले भने धेरै आशा पलाउने बताए।

तर 'इमेजिङ टेक्नोलोजी'ले अनुसन्धानकर्ताहरुलार्इ ड्रग्सप्रति आफ्नो मस्तिष्कको धारणा दिए पनि, 'साइकेडेलिक ड्रग्स अझै एक 'मिस्ट्र' रहेको बताउँछन् बुर्ज। 'एमडीएमएले पीटीएसडीका लक्षणहरुलार्इ लामो समयसम्म रोक्न कसरी सक्छ भन्ने बारेमा केही सिद्धान्त बनाएको छ। तर हामीलार्इ किन, कसरी भन्ने थाहा छैन' उनले भने।

'ब्रेन इमेजिङ' सम्बन्धी अध्ययनले उक्त ड्रग्सहरुको संचालनबारे थाहा हुन्छ। तर उपचारका लागि उनीहरुलार्इ राज्यको स्वीकृति भने चाहिँदैन। 'एफडीएले ड्रग्स'हरु प्रभावकारी छ र त्यसबाट हुने फाइदा जान्ने कोसिस गरिरहेको छ।

क्रिस्टलले 'पोस्ट ट्रमाटिक स्ट्रेस' को उपचारका लागि प्रभावकारी ड्रग्सहरुका अभावले संकट उत्पन्न गर्ने बताएका छन्। 'न्यूरोसाइन्स' मा भएका प्रगतिहरूले 'साइकेडेलिक र डिप्रेसन' को उपचारको प्रयोग हुँदै आएको 'केटामाइन' जस्ता ड्रग्सहरुको प्रयोगका लागि ढोका खोलिदिएको छ। तर, उक्त ढोका सावधानीपूर्वक खोलिनुपर्न बताउँछन् उनी।

क्रिस्टल भन्छन् 'अहिलेको मुख्य प्रश्न भनेको 'हल्लुसिनोजेनिक ड्रग्स'को उत्साह र त्यसको वास्तविक फाइदाको प्रभावकारी सैद्धान्तिक मूल्यका तथ्यहरू थाहा पाउन सकिन्छ। हामीले यी ड्रग्सहरुलार्इ धेरै सावधानी र विस्तृत ढङ्गले लिनुपर्ने भएकोले अहिले हामीले गरिरहेको अनुसन्धान अलि खोक्रो हुनसक्नेमा म बढी चिन्तित छु।'


वेभमेड डटकममा प्रकाशित सामाग्रीको भावानुवाद



प्रतिबन्धित ड्रग्स डिप्रेसन र मस्तिष्क पक्षघातको उपचारमा प्रभावकारी को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट