PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

स्वास्थ्यका कारण प्रधानमन्त्रीले गरे दुई कार्यक्रम रद्द



पहिलोपोस्ट

स्वास्थ्यका कारण प्रधानमन्त्रीले गरे दुई कार्यक्रम रद्द

काठमाडौँः स्वास्थ्य अवस्था प्रतिकूल भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहानका दुई कार्यक्रम रद्द गरेका छन्। चिकित्सकको सल्लाह अनुसार प्रधानमन्त्री शुक्रबारदेखि सरकारी निवासमै आराम गरिरहेका छन्। शनिबार पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा पनि उनी उपस्थित भएनन्।

स्वास्थ्यकै कारण प्रधानमन्त्रीले आइतबार बिहानका दुई कार्यक्रम रद्द गरेका हुन्। यसअघि शुक्रबार स्थगित भएको मन्त्रिपरिषद बैठक आइतबार बिहान पनि स्थगित भएको छ। यस्तै ‘आइसीसी वान डे वर्ल्डकपको ट्रफी टुर’ कार्यक्रमको सहभागिता पनि प्रधानमन्त्री अस्वस्थ भएसँगै रद्द भएको हो। 

पढ्नुस्ः प्रधानमन्त्री अस्वस्थ, आइसियुमा राख्‍ने तयारी भए पनि बालुवाटारमै फर्काइयो, भएको के हो?

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) को नेपाल प्रतिनिधि एवं नेपाल क्रिकेट संघ (क्यान) की पूर्व सिइओ भावना घिमिरेले ट्रफी प्रधानमन्त्रीलाई देखाउने कार्यक्रम रद्द भएको बताइन्। राष्ट्रपति विद्यादेवी भण्डारीलाई ट्रफी देखाउने तयारी भए पनि निश्चित नभएको घिमिरेले बताइन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले भने रुघाखोकीका कारण प्रधानमन्त्री सामान्य अस्वस्थ भए पनि आइतबार दिउँसो मन्त्रिपरिषद् बैठक बस्ने बताए।

अर्यालले भने ‘प्रधानमन्त्री रूघाखोकीले केही अस्वस्थ हुनु भएका कारण ठूलो जमघट र धुलोबाट बच्नुपर्ने डाक्टरहरुको सल्लाह बमोजिम निवासमै विश्राम गरिरहनु भएको छ। आज अपरान्ह मन्त्रिपरिषद बैठक बस्छ।'

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell