PahiloPost

Nov 21, 2018 | ५ मंसिर २०७५


सर्लाहीमा ने क पा र कांग्रेस कार्यकर्ताबीचको झडपमा गोली चल्यो : कांग्रेस कार्यकर्ताको मृत्यु


पहिलोपोस्ट

सर्लाहीमा ने क पा र कांग्रेस कार्यकर्ताबीचको झडपमा गोली चल्यो : कांग्रेस कार्यकर्ताको मृत्यु

काठमाडौं : सर्लाहीको रामनगर गाउँपालिका ४ मा आज बिहान नेपाल कम्युनिस्ट पार्टी (ने क पा) र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ। झडपमा परी एक जनाको मृत्यु भएको हो।

झडपका क्रममा नेपाली कांग्रेसका कार्यकर्ता राम विलास महतोको मृत्यु भएको हो। सर्लाहीका जिल्ला प्रहरी कार्यालयका एसपी पोषराज पोखरेलका अनुसार महतोको गोली लागेर मृत्यु भएको हो। त्यस्तै अन्य केही गोली लागेर घाइते भएका छन्।

‘झडप भएको हो तर घटनाको कारण खुल्न सकेको छैन। अनुसन्धान जारी छ,’ एसपी पोखरेलले पहिलोपोस्टसँग भने,‘अहिलेसम्म कोही पक्राउ परेको छैन।’

स्थानीयवासीका अनुसार ने क पाका कार्यकर्ताले चलाएको गोली लागी अन्दानी ६५ वर्षीय महतोको घटनास्थल मै मृत्यु भएको हो।

सोमबार ने क पाका कार्यकर्ताहरूले वडा अध्यक्ष रामनरेश महतोलाई कुटपिट गरेपछि नेकपा र कांग्रेसका कार्यकर्ताहरुबीच झडप भएको हो। ने क पाका कार्यकर्ताहरूले वडा अध्यक्ष महतोको घर पनि तोडफोड गरेका छन्। 



सर्लाहीमा ने क पा र कांग्रेस कार्यकर्ताबीचको झडपमा गोली चल्यो : कांग्रेस कार्यकर्ताको मृत्यु को लागी १ प्रतिक्रिया(हरु)

R_R [ 2018-10-30 13:32:21 ]
shakti pradarshan garne bela yehi ho vani thaneka chhan ne ka pa ka neta karyakarta le.....sarkar afnai ho k vo ra !!!

   हालसम्म ० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट