PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

प्रम ओलीलार्इ भेटेपछि बाबुरामले भनेः हंसमुख देखिनुभो! अलिकति ठट्टामजाक पनि गर्नुभो



पहिलोपोस्ट

प्रम ओलीलार्इ भेटेपछि बाबुरामले भनेः हंसमुख देखिनुभो! अलिकति ठट्टामजाक पनि गर्नुभो
फाइल फाेटाे

काठमाडौँः पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले उपचारत प्रधानमन्त्री केपी ओलीको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।

मंगलबार विहानै प्रम ओलीको स्वास्थ्य अवस्था बुझ्न त्रिवि शिक्षण अस्पताल पुगेका पूर्व प्रधानमन्त्री भट्टराईले स्वास्थ्य अवस्थामा सुधार आएको उल्लेख गर्दै चिन्ता गरिरहनु नपर्ने बताएका थिए।

उनले प्रम ओलीलार्इ भेटिसकेपछि शिघ्र स्वास्थ्य लाभको कामनसहित ट्विटरमा लेखेका छन् 'प्रमलाई अस्पतालमा भेट्दा निकै हंसमुख देखिनुभो!अलिकति ठट्टामजाक पनि गर्नुभो! यसको अर्थ हामीले लगायौं- उहाँको स्वास्थ्य तन्दुरूस्त हुँदैछ! उहाँको शिघ्र पूर्ण स्वास्थ्यलाभको कामना!'

उनको शिक्षण अस्पतालमै मनमोहन कार्डियोभास्कुलर सेन्टरमा उपचार भइरहेको छ। छातीमा समस्या आएपछि सोमबार विहान अस्पतालमा भर्ना भएका प्रम ओलीको उपचारका लागि निजी चिकित्सक तथा मिर्गौला रोग विशेषज्ञ डा. दिव्या सिंह शाह, मुटु रोग विशेषज्ञ डा. अरुण सायमी र  जनरल मेडिसिनका डा. सन्तकुमार दासको टोली खटिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell