PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

प्रधानमन्त्री ओलीको स्वास्थ्य अपडेट: डाक्टरले भने 'उहाँ निकै तन्दुरुस्त हुनुहुन्छ'



पहिलोपोस्ट

प्रधानमन्त्री ओलीको स्वास्थ्य अपडेट: डाक्टरले भने 'उहाँ निकै तन्दुरुस्त हुनुहुन्छ'

काठमाडाैँः छातीमा इन्फेक्सनका साथै शरीरमा चिनीको मात्रा असन्तुलन भएपछि सोमबार बिहान अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य थप सुधार भएको अस्पतालले जनाएको छ।

मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे बुधबार साँझ जानकारी दिँदै अवस्था थप सुधार भएको बताएको हो। 

अहिलेका रिपोर्टहरुले प्रधानमन्त्री केही दिनमा बालुवाटार फर्किने संकेत गरेको उनले बताएका छन्। स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै उपचार टोलीका संयोजक प्रा.डा. अरुण सायमिले अवस्था थप सुधारोन्मुख रहेको बताए। उनले भने,' उहाँ निकै तन्दुरुस्त हुनुहुुन्छ।'

प्रधानमन्त्रीले आफूलाई डिस्चार्ज गर्न आग्रह गरिरहे पनि एन्टिवायोटिक चलाइरहेका कारण डिस्चार्ज भने यकिन नभएको पनि डा. सायमिले बताए। प्रधानमन्त्री स्वयंले समेत डिस्चार्जका लागि आग्रह गरे पनि अस्पतालबाट निवास लैजाँदा हुने सम्भावित संक्रमणलाई लिएर चिकित्सकले केही दिन अस्पतालमै रहन सुझाव दिएका हुन्।

चिकित्सकहरुका अनुसार प्रधानमन्त्री ओलीले अस्पतालमै उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापासँग बिहान भेटघाट समेत गरेका थिए। स्वास्थ्य अवस्था बिग्रिएपछि प्रधानमन्त्री ओलीलाई सोमबार बिहान अस्पताल भर्ना गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell