PahiloPost

Nov 21, 2018 | ५ मंसिर २०७५


निर्मला प्रकरणः थप चार जना शंकास्पदको डिएनए परीक्षण हुँदै


पहिलोपोस्ट

निर्मला प्रकरणः थप चार जना शंकास्पदको डिएनए परीक्षण हुँदै

कञ्चनपुरः कञ्चनपुरको भीमदत्त नगरपालिका २ की १३ वर्षीया निर्मला पन्तको बलात्कारपश्चात् हत्या गरिएको घटनाको अनुसन्धानका लागि प्रहरीले शंकास्पद चार जनाको रगतको नमूना डिएनए परीक्षणका लागि संकलन गरेको छ।

महाकाली अञ्चल अस्पतालमा नमूना संकलन गरी दुई दिनअघि डिएनए परीक्षणका लागि काठमाडौँस्थित विज्ञान विधि प्रयोगशालामा पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले बताए।

लामो समयदेखि अनुसन्धानका क्रममा शंकास्पद देखिएका व्यक्तिको डिएनए परीक्षणका लागि रगतको नमूना संकलन गरी पठाएका छौँ उनले भने, 'नमूना संकलन गरिएका व्यक्तिको पहिचान खोल्न अहिले मिल्दैन।' अन्य शंकास्पद देखिएका व्यक्तिको समेत डिएनए परीक्षणका लागि नमूना लिन सकिने उनले बताए। हत्या घटनाको गहन रुपमा अनुसन्धानको कार्य अझै जारी रहेको उनको भनाई छ।

यसअघि प्रहरीले पाँच जनाको डिएनए परीक्षण गराइसकिएको छ। डिएनए परीक्षण गरिएका पाँचै जनाको नमूनाको नतिजा नेगेटिभ आएको थियो । साउन १० गते साथि रोशनी बमको घरमा होमवर्क गर्न गएकी निर्मलाको साउन ११ गते बिहान उखु बारीमा शव फेला परेको थियो। रासस

 

 



निर्मला प्रकरणः थप चार जना शंकास्पदको डिएनए परीक्षण हुँदै को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट