PahiloPost

Nov 21, 2018 | ५ मंसिर २०७५


पीपीएल : दीपेन्द्र ऐरीले कप्तानी इनिङ्स खेलेपछि धनगढीको तेस्रो जित


पहिलोपोस्ट

पीपीएल : दीपेन्द्र ऐरीले कप्तानी इनिङ्स खेलेपछि धनगढीको तेस्रो जित
फोटो : विकेटनेपाल

काठमाडौँ : दीपेन्द्र सिंह ऐरीले कप्तानी इनिङ्स खेलेपछि धनगढी ब्लुजले पोखरा पल्टनलाई २ विकेटले पराजित गर्दै पोखरा प्रिमियर लिगको शीर्ष स्थानमा उक्लेको छ। कप्तान दिपेन्द्रले अन्तिम ओभरमा आवश्यक १३ रन प्रहार गर्दै धनगढीलाई तेस्रो जित दिलाए।

उनले नटआउट ४९ रन बनाए। २६ बल खेलेका दीपेन्द्रले ४ चौका र ४ छक्का प्रहार गरे।

लिग चरणको पाँच वटै खेल खेलिसकेको धनगढीले यो जितपछि ६ अंक जोडेको छ र शीर्ष स्थानमा उक्लेको छ। अन्य चार टिमको समान ४ अंक छ। धनगढीले शीर्ष स्थानमा रहेर सिधै फाइनल पुग्न अन्य खेलको नतिजा कुर्नुपर्नेछ। यदी शीर्ष स्थानमा रहन नसके धनगढीले शीर्ष तीनमा रहँदै एलिमिनेटर खेलेर फाइनल पुग्ने सम्भावना कायम राखेको छ।

अन्तिम ओभरमा जितका लागि धनगढीलाई १३ रन आवश्यक थियो। उक्त ओभर बलिङ गरेका पोखराका मेहबुब बलमले पहिलो बल वाइड फाले। त्यसमा पाएको मौकामा दीपेन्द्रले छक्का प्रहार गर्दै ५ बलमा ७ रन आवश्यक बनाए। त्यसपछि दोस्रो बलमा उनले २ रन बनाए भने तेस्रो बल डट खेले। दीपेन्द्रले चौथो र पाँचौ ओभरमा लगातार चौका प्रहार गरेपछि धनगढीले एक बल अगाडी १४५ रनको लक्ष्य पुरा गर्‍यो।

दिलिप नाथलाई टिमको स्कोर १३ रन हुँदा पहिलो विकेटमा गुमाएपनि लागि पिटर ट्रेगो र सुबेन्दु पाण्डेले दोस्रो विकेटका लागि अर्धशतकिय साझेदारी गर्दै गतिलो सुरुवात दिलाएका थिए। ट्रेगोले अर्धशतक प्रहार गरे।

३४ रन खेलेका ट्रेगोले ५ चौका र ४ छक्का प्रहार गर्दै ५३ रन बनाए। सुबेन्दुले २२ रन जोडे। तर त्युपछि नियमित अन्तरमा विकेट गुमाउँदा धनगढी दबाबमा परेको थियो। त्यसपछि दीपेन्द्रले सिंगल ह्यान्डेडली शानदार प्रदर्शन गर्दै खेल जिताए। अर्को छेउबाट विकेट झरिरह्यादा दीपेन्द्रले एक छेउबाट इनिङ्स सम्हाल्दै रन बनाए।

पोखराका लागि रासिद खानले ४ ओभरमा २५ रन खर्चेर सर्वाधिक ४ विकेट लिए। यस्तै विक्रम भुसाल र ललित नारायण राजवंशीले २-२ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४४ रन बनाएको थियो। पोखराका लागि रोहित पौडेलले सर्वाधिक ३१ रन बनाए। यस्तै रविइन्द्र सिंहले २८ तथा आसिफ शेखले २३ रन जोडे।

रासिद खान र विक्रम भुसालको जोडीले अन्तिम ओभरमा २० रन जोडेपछि पोखराले मध्यम स्कोर तयार पारेको थियो।

रासिदले ८ बलमा १५ तथा विक्रमले ३ बलमा ८ रन बनाए। दुवै खेलाडी नटआउट रहे।

धनगढीका लागि कमलसिंह ऐरीले ४ विकेट लिए। उनले ४ ओभरमा १ मेडन राख्दै २३ रन खर्चे। किफायती बलिङ गर्दै पिटर ट्रेगोले ४ ओभरमा ११ रन खर्चेर १ विकेट लिए।



पीपीएल : दीपेन्द्र ऐरीले कप्तानी इनिङ्स खेलेपछि धनगढीको तेस्रो जित को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट