PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

किड्नीको रिपोर्ट नआएसम्म प्रधानमन्त्रीलाई अस्पतालबाट कहिले डिस्चार्ज गर्ने टुङ्गो नलाग्ने



सागर बुढाथोकी

किड्नीको रिपोर्ट नआएसम्म प्रधानमन्त्रीलाई अस्पतालबाट कहिले डिस्चार्ज गर्ने टुङ्गो नलाग्ने

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीलाई अस्पतालबाट 'डिस्चार्ज' गर्न किड्नीको रिपोर्टले अड्काएको निजी चिकित्सक दिव्या सिंहले बताएकी छिन्।

'उहाँ फिट हुनहुन्छ भन्दा भन्दै डिस्चार्ज नगरेको कारण किड्नीको रिपोर्ट नआएकाले हो। उहाँको अन्य रिपोर्ट सामान्य छ', डा. दिव्याले पहिलोपोस्टसित शुक्रबार दिउँसो भनिन्, 'आज भरेसम्म किड्नीको रिपोर्ट आउँछ। त्यो हेरेपछि मात्रै डिस्चार्जको मितिको बारेमा भन्छौँ।'
डिस्चार्जको बारेमा अहिले केही अन्दाज गर्न नसक्ने उनले बताइन्।

५ दिनदेखि मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचार गराइरहेका प्रम ओलीको स्वास्थ्य एकदम फिट भइसकेको अस्पतालले २ दिनअघि नै घोषणा गरेको थियो। 

अस्पतालका निर्देशक डाक्टर उत्तमकृष्ण श्रेष्ठले हिजो बिहीबार नै डिस्चार्ज गर्दा फरक नपर्ने बताइसकेका थिए। आजको प्रेस ब्रिफिङमा उनले त्यही कुरा दोहोर्‍याए।

प्रधानमन्त्रीलाई डिस्चार्ज गर्नेबारे छलफल भएपनि डिसिजन गर्न नसकेको उनको कथन थियो। रेस्टकै कारण राखिएको बताउँदै एन्टिबायोटिक्सको डोजले अस्पताल बसाई लम्बिएको उनले बताएका थिए।
 
डाक्टरहरुको मात्रै निर्णयले 'डिस्चार्ज' नहुने बताउँदै उनले प्रमको सचिवालयको निर्णय पनि कुर्नुपर्ने बताएका थिए। यद्पि डा. सिंह भने प्रमलाई डिस्चार्जको निर्णय किड्नीको डिस्चार्जमा अड्किएको बताउँछिन्। भन्छिन्, 'हो उहाँ सामान्य हुनुहुन्छ। बोलचाल भेटघाट भइरहेको छ। तर, किड्नीको रिपोर्ट नहेरी 'डिस्चार्ज' गर्दा फेरि अस्पताल ल्याउनुपर्ने हुनाले उहाँको अस्पताल बसाइ लम्बिएको हो।'

प्रधानमन्त्री ओलीले आज बिहान नेकपा नेता विष्णु पौडेल, पराराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, नेकपा अध्यक्ष पुष्पकमल दहाल र पर्यटन मन्त्री रविन्द्र अधिकारीसँग डेढ घण्टा भन्दा लामो कुराकानी गरेका थिए। प्रम ओलीको प्रेस संयोजक चेतन अधिकारीले भने आज साँझसम्म डिस्चार्ज हुनसक्ने सम्भावना रहेको बताए। भने, 'डाक्टरले भन्नासाथ लान्छौ।'
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell