PahiloPost

Nov 21, 2018 | ५ मंसिर २०७५


रोमाञ्चक बन्दै पीपीएल, यस्तो छ फाइनल र एलिमिनेटर पुग्ने समिकरण


पहिलोपोस्ट

रोमाञ्चक बन्दै पीपीएल, यस्तो छ फाइनल र एलिमिनेटर पुग्ने समिकरण

काठमाडौँ : पर्यटकिय नगरी पोखरा अहिले क्रिकेटको माहोलले तातिएको छ। पहिलो पटक आयोजना भएको पोखरा प्रिमियर लिग पीपीएल टी-२० क्रिकेटले नेपालको मात्र नभएर विश्वकै ध्यान पोखरातर्फ तानिरहेको छ।

क्वीन्स इभेन्ट् म्यानेजमेन्टको आयोजनामा यही कात्तिक ९ गतेदेखि पोखरा रंगशालामा भइरहेको पीपीएलको लिग चरणका १३ खेल सकिसकेका छन्। अब लिग चरणको दुई, एलिमिनेटर र फाइनल गरी चार खेल बाँकी छ। कात्तिक २० गते आगामी मंगवार पीपीएलले पहिलो च्याम्पियन पाउँनेछ। त्यसका लागि अब चार दिन नै कुर्नुपर्नेछ।

नेपालीहरुको दुई ठूला चाड दशैँ र तिहारको बीचको समयमा भइरहेको यस प्रतियोगितामा अन्य लिग जस्तो प्लेअफका खेलहरु हुने छैनन्। सहभागि ६ टिमबाट लिगमा धेरै अंक जोड्दै पहिलो स्थानमा रहने टिम सिधै फाइनल पुग्नेछ। यस्तै लिगमा दोस्रो र तेस्रो स्थानमा रहने टोलीबीच एलिमिनेटर हुनेछ र त्यसको विजेताले उपाधिका लागि लिगको शीर्ष टोलीसँग फाइनल खेल्नेछ।

प्रतियोगितामा लिग चरणको दुई खेल मात्र बाँकी रहँदा अझै पनि लिगको शीर्ष स्थानमा रहने, एलिमिनेटर खेल्ने र लिगबाट बाहिरिने टोलीको टुङ्गो लागेको छैन। सहभागि ६ वटै टिमले अघिल्लो चरण पुग्ने अंकगणितिय सम्भावना बाँकी राखेका छन्।

अहिलेसम्म काठमाडौँ रोएल्स र धनगढी ब्लुजले समान ६ अंक जोडेका छन्। धनगढीले लिगको सबै पाँच खेल खेलिसकेको छ। तर एक खेल कम खेलेको काठमाडौँ राम्रो रनरेटका साथ लिगको शीर्ष स्थानमा छ। यस्तै चितवन राइनोज, पोखरा पल्टन र बुटवल ब्लास्टर्सको ४-४ अंक छ। चितवन र पोखराले एक-एक खेल खेल्न बाँकी छ भने बुटवलले पाँचै खेल खेलिसकेको छ। लिगमा शीर्ष तीनमा रहने बुटवलको सम्भावना भने लिगको अन्तिम दुई खेलको नतिजामा निर्भर रहनेछ। त्यसका लागि अन्य खेलको नतिजा आफूअनुकुल आउनुपर्नेछ नै बुटवलले रनरेटमा पनि अन्य टिमलाई पछि पार्नुपर्नेछ।

यस्तै चार खेलबाट २ अंक जोडेको विराटनगर टाइटन्स लिगको छैटौँ तथा अन्तिम स्थानमा छ। अब शनिवार लिगको अन्तिम खेलमा काठमाडौँ रोएल्स र पोखरा पल्टन तथा चितवन राइनोज र विराटनगर टाइटन्सबीच खेल हुनेछ। 

शनिवारको पहिलो खेल काठमाडौँ र पोखराबीच हुनेछ। उक्त खेलमा काठमाडौँ विजयी भए काठमाडौँ र धनगढी शीर्ष दुई स्थानमा रहनेछन् र बाँकी चार टिम मध्ये एक टिम एलिमिनेटरमा पुग्नेछ। त्यसका लागि दोस्रो खेल कुर्नुपर्नेछ। यदी पोखराले काठमाडौँलाई पराजित गरेमा भने काठमाडौँ, धनगढी र पोखराको समान ६ अंक हुन्छ। यस्तोमा अन्तिम लिग खेलअघि नै बुटवल र विराटनगर बाहिरिनेछ। 

यदी काठमाडौँले पोखरालाई फराकिलो अन्तरले पराजित गर्ने र विारटनगरले पनि चितवनलाई फराकिलो अन्तरले पराजित गरेमा विराटनगरको पनि शीर्ष तीनमा रहने झिनो सम्भावना बाँकी छ। 

यस्तै काठमाडौँले पोखरालाई हराउने अनी चितवनले विराटनगरलाई पराजित गरेमा काठमाडौँ ८ अंक जोड्दै फाइनल पुग्नेछ भने धनगढी र चितवन समान ६ अंक जोड्दै एलिमिनेटरमा प्रवेश गर्नेछ।

काठमाडौले आफ्नो खेल जिते सिधै फाइनल पुग्नेछ तर अन्य टिमको लागि भने फाइनल पुग्ने, एलिमिनेटर खेल्ने वा बाहिरिने विषय रनरेटमा भर पर्नेछ। यदी पोखरा पल्टनर चितवन राइनोज विजयी भएमा चार टिमको समान ६ अंङ्क हुनेछ यस्तोमा रनरेट महत्वपूर्ण हुनेछ र समान अंक भएपनि एक लिगबाटै यात्रा टुङ्गाउनुपर्नेछ।


शनिवारको लिग खेल: 
काठमाडौँ रोएल्स भर्सेस पोखरा पल्टन - बिहान ९ बजे
चितवन राइनोज भर्सेस विराटनगर टाइटन्स : दिउँसो १:१५ बजे


यस्तो छ अंक तालिका:

 



रोमाञ्चक बन्दै पीपीएल, यस्तो छ फाइनल र एलिमिनेटर पुग्ने समिकरण को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट