PahiloPost

Nov 21, 2018 | ५ मंसिर २०७५


पीपीएल : घरेलु टोली पोखरा फाइनलमा, चितवन र काठमाडौँ एलिमिनेटरमा भिड्ने


पहिलोपोस्ट

पीपीएल : घरेलु टोली पोखरा फाइनलमा, चितवन र काठमाडौँ एलिमिनेटरमा भिड्ने

घरेलु टोली पोखरा पल्टन पोखरा प्रिमियर लिग (पीपीएल) टी-२० क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। पोखरामा भइरहेको प्रतियोगिताअन्तर्गत शनिवारको पहिलो खेलमा पोखराले काठमाडौँ रोएल्सलाई ४ विकेटले पराजित गर्‍यो। दोस्रो खेलमा चितवन राइनोजले विराटनगर टाइटन्सलाई पनि ४ विकेटले पराजित गरेपछि पोखरा लिगको शीर्ष स्थानमा रहेर फाइनल पुगेको हो।

यस्तै विराटनगरलाई हराएपछि चितवन पनि शीर्ष तीनमा रहँदै एलिमिनेटरको लागि छानिएको छ। चितवनले एलिमिनेटरमा काठमाडौँसँग खेल्नेछ। यी तीनवटै टिमले लिगमा समान ६ अंक जोडेका थिए। तर रनरेटमा अगाडी रहँदै पोखरा पहिलो भयो भने चितवन दोस्रो र काठमाडौँ तेस्रो भएको हो।

समान ६ अंक जोडेपनि खराब रनरेटमा कारण धनगढी भने लिग चरणबाटै बिहरियो।

पोखरा रंगशालामा शनिवार भएको दोस्रो खेलमा विराटनगरले दिएको १४६ रनको लक्ष्य चितवनले १९.३ ओभरमा पुरा गरेको हो। चितवनका लागि भारतीय खेलाडी सन्नी पटेलले विष्फोटक ब्याटिङ गर्दै ४ चौका र ४ छक्काको मद्दतमा नटआउट ५१ रन बनाए। यसैगरी आरिफ शेखले ३५ रन बनाए। विराटनगरका कप्तान सन्दीप लामिछानेले ४ ओभर बलिङ गर्दै २५ रन खर्चेर ४ विकेट लिए।

त्यसअघि टस जितेर पहिलो ब्याटिङ रोजेको विराटनगरले पाकिस्तानी खेलाडी मोहम्मद जैद आलको अर्धशतक मद्दतमा २० ओभरमा १४५ रन बनाएका थियो। आलमले उनले ६ चौका र २ छक्काको मद्दतमा सर्वाधिक ५१ रन बनाए। अर्को ओपनर सुनिल धमलाले ४७ रन जोडे। बलिङमा चितवनका कप्तान पारस खड्का र स्मिथ पटलले २-२ विकेट लिए।

शनिवारको पहिलो खेलमा काठमाडौँले दिएको १०३ रनको लक्ष्य १५.५ ओभरमा ६ विकेट गुमाएर पुरा गर्‍यो। पोखराका लागि युएईका खेलाडी मोहम्मद नाभिदले सर्वाधिक ३६ रन बनाए। यस्तै रविइन्द्र सिंहले २२ रन जोडे भने रोहत पौडेलले नटआउट १५ रन योगदान गरे। काठमाडौँका अमर सिंह राउटेलाले ३ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौँले १९.१ ओभरमा १०३ रनमा अलआउट भयो। काठमाडौँङ्का लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ३१ तथा अमित श्रेष्ठले २१ रन बनाए।

बलिङमा ललित राजवंशीले ३ तथा मोहम्मद नाभिद र रासिद खानले २-२ विकेट लिए।

प्रतियोगिताअन्तर्गत आइतवार एलिमिनेटरमा जसमा राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काको चितवन र उपकप्तान ज्ञानेन्द्र मल्लको काठमाडौंबीच प्रतिस्पर्धा हुनेछ। विजेताले फाइनलमा स्थान बनाउनेछन्।



पीपीएल : घरेलु टोली पोखरा फाइनलमा, चितवन र काठमाडौँ एलिमिनेटरमा भिड्ने को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट