PahiloPost

Nov 21, 2018 | ५ मंसिर २०७५


भियतनामी सुन्दरीलाई मिस अर्थको ताज, प्रिया सिग्देल बेस्ट इको भिडियो जित्दै सेमिफाइनलमा


भियतनामी सुन्दरीलाई मिस अर्थको ताज, प्रिया सिग्देल बेस्ट इको भिडियो जित्दै सेमिफाइनलमा

यस वर्षको मिस अर्थको ताज भियतनामी सुन्दरीले जितेकी छिन्। फिलिपिन्सको राजधानी मनिलामा शनिबार भएको प्रतियोगितामा ८६ सुन्दरीलाई पछि पार्दै नुयन फुरोङ खान्ह विजयी भएकी हुन्। 

विश्वका प्रमुख चार सौन्दर्य प्रतियोगितामध्ये एक पहिलो पटक कुनै भियतनामी सुन्दरीले जितेकी हुन्। 

यसैगरी मिस एयर अस्ट्रिया, मिस वाटर कोलम्बिया र मिस फायर मेक्सिकोकी सुन्दरीले जितिन्। 

प्रतियोगितामा नेपालको प्रतिनिधित्व प्रिया सिग्देलले गरेकी थिइन्। इको भिडियोहरुको प्रतिस्पर्धामा उनी सर्वोत्कृष्ट भइन्। योसँगै उनी सेमिफाइनलिस्ट अर्थात टप १८ मा पर्न सफल भइन्। 

यस्तो थियो उनको इको भिडियो


प्रियाले फायर ग्रुपतर्फको ट्यालेन्ट राउन्डमा सिल्भर मेडल पनि जितेकी थिइन्। 

 



भियतनामी सुन्दरीलाई मिस अर्थको ताज, प्रिया सिग्देल बेस्ट इको भिडियो जित्दै सेमिफाइनलमा को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट