PahiloPost

Nov 21, 2018 | ५ मंसिर २०७५


पीपीएल : चितवन विरुद्ध काठमाडौँ ९४ रनमा अलआउट


पहिलोपोस्ट

पीपीएल : चितवन विरुद्ध काठमाडौँ ९४ रनमा अलआउट

पोखरा : पोखरा प्रिमियर लिग (पीपीएल) टी २० क्रिकेटको फाइनल प्रवेशका लागि अहिले चितवन राइनोज र काठमाडौँ रोएल्सबीच एलिमिनेटर खेल भइरहेको छ। पोखरा रंगशालमा भइरहेको खेलमा काठमाडौँले चितवनलाई जितका लागि ९५ रनको लक्ष्य दिएको छ।

दुई खेलाडीले मात्र दोहोरो अंक जोडेको काठमाडौँ १९.३ ओभरमा ९५ रनमा अलआउट भएको हो। प्रतियोगितामा कुनै पनि टिमले दिएको यो सबैभन्दा कम लक्ष्य हो।

टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौँले खराब सुरुवात गरेको थियो। दोस्रो ओभरमै चितवनका सन्नी पटेलले ३ विकेट लिएपछि काठमाडौँ ४.३ ओभरमा ३०/४ को अवस्थामा पुगेको थियो।

करण केसीको पहिलो ओभरमा चितवनले १५ रन जोडेपनि दोस्रो ओभरमा सन्नी पटेलले ओपनर अमित श्रेष्ठ (९), पवन सराफ (०) र गौरव तोमर (१) लाई आउट गरे। पाँचौ ओभरको तेस्रो बलमा चितवनका कप्तान पारस खड्काले नरेश बुढाएर (१) लाई आउट गरे।

त्यसपछि ओपनर जयकिसन कोल्सावाला र कप्तान ज्ञानेन्द्र मल्लले पाँचौ विकेटका लागि ३८ रनको साझेदारी गरेपछि काठमाडौँको इनिङ्स सम्हालिएको थियो। त्यो नै काठमाडौँको सबैभन्दा ठूलो साझेदारी बन्यो। तर नियमित अन्तरमा विकेट गुमाएपछि काठमाडौँ धेरै रन बनाउन सकेन।

कप्तान ज्ञानेन्द्रले ३५ बल खेल्दै २ चौकाको मद्दतमा सर्वाधिक ३० रन बनाए। कोल्सावालाले ३७ बल खेलेर २५ रन जोडे। उनले २ चौका प्रहार गरे।

आदिल खानले ९ बल खेल्दै एक छक्काको मद्दतमा ८ रन जोडे। बसन्त रेग्मी शुन्यमा आउट भए। यस्तै अमर सिंह राउटेला ९ र सुशन भारी ३ रन बनाएर आउट भए।

चितवनका लागि सबैभन्दा किफायती बलिङ गरेका सन्नी पटेलले ४ ओभरमा ९ रन खर्चेर ३ विकेट लिए। बर्थडे ब्वाए स्मीथ पटेलले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिए। भुवन कार्कीले ३ ओभरमा ९ रन खर्चेर २ विकेट लिए। कप्तान पारस खड्काले ३ ओभरमा १५ रन खर्चेर १ विकेट लिए। करण केसीले ३.३ ओभरमा २४ रन खर्चेर १ विकेट लिए।

 

 

 



पीपीएल : चितवन विरुद्ध काठमाडौँ ९४ रनमा अलआउट को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट