PahiloPost

Nov 22, 2018 | ६ मंसिर २०७५


रामनगर गोलीकाण्डको निष्पक्ष छानबिन गर्न पौडेलको माग


रामनगर गोलीकाण्डको निष्पक्ष छानबिन गर्न पौडेलको माग

काठमाडौं: नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्लाहीको रामनगरमा नेकपाका कार्यकर्ताको गोली लागी घाइते भएकाहरुलाई भेटेका छन्। 

आज वीर अस्पतालमाको ट्रमा सेन्टर पुगेर पौडेलले घाइतेहरुलाई भेटेका हुन्। गत मंगलवार रामनगर गाउँपालिका वडा ४, बहुअर्वा टोलमा नेकपाका कार्यकर्ताको गोली प्रहारबाट कांग्रेस कार्यकर्ता ५५ वर्षीय रामविलास महतोको मृत्यु भएको थियो भने आधा दर्जन घाइते भएका थिए।

उक्त घटनाको अघिल्लो दिन रामनगर गाउँपालिका वडा नम्बर ४ वडा अध्यक्ष रामनरेश महत्तोलाई नेकपाका कार्यकर्ताले कुटपिट गरी घाइते बनाएका थिए। महतोको अहिले बीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। 

घाइतेहरुलाई भेटेपछि वरिष्ट नेता पौडेलले सर्लाही गोलीकाण्डको निष्पक्ष छानविन हुनुपर्ने घाइतेको निशुल्क उपचार गरिनुपर्ने तथा दोषीलाई तत्काल प्रक्राउ गरि कारकाहीको दायरामा ल्याउनुपर्ने बताए। उनले अपराधीलाई आफ्नो पार्टीको कार्यकर्ता भएको नाममा जोगाउने प्रयासमा सरकार लागेमा कांग्रेस कडा आन्दोलनमा उत्रने बताए। उनले मृतलाई सहिद घोषणा गरि परिवारलाई क्षतिपूर्ति दिन समेत सरकारसंग माग गरे।



रामनगर गोलीकाण्डको निष्पक्ष छानबिन गर्न पौडेलको माग को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट