PahiloPost

Aug 25, 2019 | ८ भदौ २०७६


तुलाधरको निधनले राष्ट्रलाई क्षतिः प्रचण्ड


तुलाधरको निधनले राष्ट्रलाई क्षतिः प्रचण्ड

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले मानवअधिकारकर्मी एवं नागरिक आन्दोलनका अगुवा पद्मरत्न तुलाधरप्रति श्रद्धाञ्जली अर्पण गर्दै राष्ट्रलाई ठुलो क्षति पुगेको बताएका छन्।

प्रचण्डले नर्भिक अस्पतालमा पुगी श्रद्धाञ्जली दिएका थिए। 

तुलाधार जनआन्दोलन र सांस्कृतिक आन्दोलनको संवर्द्धकको क्षेत्रमा ऐतिहासिक भूमिका खेल्ने पात्र भएको अध्यक्ष प्रचण्डको भनाई थियो।

“उहाँले नेपालको शान्ति प्रक्रियाका लागि वातावरण बनाउन मध्यस्तकर्ताका रुपमा महत्वपूर्ण भूमिका खेल्नुभएको थियो,” उनले भने।

प्रचण्डलेले एक शोक विज्ञप्ती जारी गर्दै पञ्चायत बिरोधी आन्दोलन, लोकतान्त्रिक आन्दोलन हुँदै शान्तिप्रक्रिया र संविधान निर्माणमा तुलाधरले खेलेको भूमिका स्मरणीय रहने बताए।



तुलाधरको निधनले राष्ट्रलाई क्षतिः प्रचण्ड को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट