PahiloPost

Nov 22, 2018 | ६ मंसिर २०७५


तुलाधरको अन्त्येष्टि अन्यौलमा, राष्ट्रिय सम्मान हुने कि नहुने?


तुलाधरको अन्त्येष्टि अन्यौलमा, राष्ट्रिय सम्मान हुने कि नहुने?

काठमाडौं: दिवंगत मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरको अन्येष्टिको समय सरकारले राष्ट्रिय सम्मान गर्ने कि नगर्ने टुङ्गो नलागेका  कारण अन्यौलमा परेको छ।

पूर्व मन्त्री, वामपन्थी नेतासमेत रहेका तुलाधरको ७७ वर्षको उपचारका क्रममा नर्भिक अस्पतालमा आइतवार निधन भएको हो।

राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने भएकाले अन्तिम संस्कारको समय तय भइनसकेको तुलाधरका ज्वाईँ गौरी प्रधानले बताए।

प्रधानले भने, 'राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने भनिएको छ, त्यसैले अन्तिम संस्कारको कार्यक्रम तय भइसकेको छैन।'

अहिले तुलाधरको शव काठमाडौंस्थित लाजिम्पाटमा रहेको घरमा लगिएको छ। राष्ट्रिय सम्मानबारे मन्त्रिपरिषद्ले भने निर्णय गरेको छैन।

मन्त्रिपरिषदको निर्णयपछिमात्र राष्ट्रिय सम्मानबारे टुंगो लाग्ने पर्यटन मन्त्री रवीन्द्र अधिकारीले जानकारी दिए।

 तुलाधरलाई श्रद्धाञ्जली दिन नेकपाका अध्यक्ष प्रचण्ड, नेता माधव नेपाललगायत नर्भिक अस्पताल पुगेका थिए।

२०५१ सालमा मनमोहन अधिकारीको नेतृत्वमा बनेको एमालेको अल्पमतको सरकारमा श्रम र स्वास्थ्य मन्त्रीको कार्यभार तुलाधरले सम्हालेका थिए। 

पञ्चायतकालमा २०४३ सालमा 'जनपक्षीय' उम्मेदवारका रुपमा सूर्य चिह्न लिई  राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित भएका तुलाधरले राष्ट्रिय पञ्चायतको बैठकमै बहुदलको माग गरेर सबैलाई अचम्ममा पारेका थिए। 

तुलाधरले बहुदल घोषणापछि २०४८ र २०५१ सालमा निरन्तर दुई पटक काठमाडौँबाट सूर्य चिह्नमा चुनाव जितेका थिए।

तर एमाले र माले फुटेपछि २०५६ सालमा भएको संसदीय निर्वाचनमा स्वतन्त्र वामपन्थीका रुपमा चुनाव लडेका उनले पञ्चायत कालका अन्तिम प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठको भन्दा कम मत पाएका थिए। त्यसपछि तुलाधर कहिल्यै चुनावी प्रतिस्पर्धामा उत्रिएका थिएनन्। 



तुलाधरको अन्त्येष्टि अन्यौलमा, राष्ट्रिय सम्मान हुने कि नहुने? को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट