PahiloPost

Nov 22, 2018 | ६ मंसिर २०७५


कम्युनिष्टहरु लोकतन्त्रमा विश्वास राख्दैन, त्यसैले आउँदो निर्वाचनमा कांग्रेस पहिलो पार्टी बन्छ : कोइराला


कम्युनिष्टहरु लोकतन्त्रमा विश्वास राख्दैन, त्यसैले आउँदो निर्वाचनमा कांग्रेस पहिलो पार्टी बन्छ : कोइराला
फाइल फोटो

चितवन: नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले आउँदो निर्वाचनमा काङ्ग्रेस पहिलो पार्टी बन्ने दाबी गरेका छन्। 

नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान समारोह कार्यक्रममा कोइरालाले जनताको रक्षा गर्न उभिने पार्टी भएकाले अबको निर्वाचनमा काङ्ग्रेस ठूलो दल बन्ने दाबी गरे।
 
उहाँले काङ्ग्रेसको महासमिति बैठक सर्ने पनि बताए। महामन्त्री कोइरालाले महासमिति बैठकका विषयमा केन्द्रीय कार्यसमितिमा छलफल नभएका कारण मिति सर्ने उल्लेख गरे। महासमिति बैठक एक हप्तादेखि १० दिनसम्म पछि सर्न सक्ने कोइरालाले बताए। कांग्रेसले मंसिर ५ देखि ९ सम्मका लागि महासमितिको बैठक डाकेको थियो। महाधिवेशनमा कसलाई सभापति बनाउने भन्ने विषयमा साथीहरुसँगको रायअनुसार अघि बढ्ने महामन्त्री कोइरालाको भनाई थियो। 

काङ्ग्रेस अहिले पनि शक्तिशाली पार्टी रहेको उल्लेख गर्दै कोइरालाले भने, “नेकपा एमाले र माओवादी मिल्दा पनि काङ्ग्रेस एकबद्ध भएको खण्डमा काङ्ग्रेसलाई जित्न सक्दैनन्।” कम्युनिष्ट पार्टी लोकतन्त्रमा विश्वास नराख्ने पार्टी भएको उनको आरोप थियो। भने, “अहिले आएको परिवर्तनका कारण उनीहरुमा परिवर्तन देखिएको हो तर उनीहरु लोकतन्त्रवादी होइनन्।” 

फरक प्रसंगमा बोल्दै उनले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको जग्गामा सिटि हल बन्न नदिने बताए। अस्पतालको गुरु योजनाअनुसार प्रतिष्ठान बनाउनु पर्ने भन्दै उनले पहिले नै जग्गा अपुग भएका कारण गैंडाकोटमा आवास गृह बनाइएको स्मरण गराए। भने, “यस विषयमा म पुष्पकमल दाहालज्यूसँग छलफल गर्छु। यहाँ बनाउन उपयुक्त हुँदैन।” रासस



कम्युनिष्टहरु लोकतन्त्रमा विश्वास राख्दैन, त्यसैले आउँदो निर्वाचनमा कांग्रेस पहिलो पार्टी बन्छ : कोइराला को लागी १ प्रतिक्रिया(हरु)

Roshan [ 2018-11-06 16:48:21 ]
It is clearly stated in their party statute that their ultimate goal is to attain full-flaged communism that means the Westminster form of democracy will cease to exist. But what if they never attain that goal? They will remain democratic by hook or. by crook.

   हालसम्म ० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट